Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

छैटौं संस्करणको सगरमाथा म्युजिक अवार्डका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

Sunday, June 23, 2024 National Power

काठमाडौं-छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ अर्थ नेपाल प्रा.लि.ले आयोजना गरेको अवार्डमा २१ विद्यामा उत्कृष्ट पाँच सार्वजनिक भएको हो ।

अवार्डको निर्णायक र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

यस अवार्डमा राष्ट्रिय, चलचित्र, पप-आधुनिक र लोक दोहोरी विधामा कलाकर्मीहरूले सहभागी जनाएका छन् । सगरमाथा म्युजिक अवार्डको छैटौं संस्करणलाई विशेष बनाउन यस वर्ष विदेशमा गर्न लागिएको कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिनुभयो । उहाँका अनुसार थाइल्याण्ड, सिंगापुर र मलेसियामा फरक देशमा फरक कार्यक्रम हुनेछ । थाइल्याण्डमा छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१, सिंगापुरमा सगरमाथा सङ्गीत बहस कार्यक्रम र मलेसियामा सगरमाथा सङ्गीत सम्मान कार्यक्रम हुनेछ । साथै पछि नेपालमा आएर विदेश जान समय नमिलेका कलाकर्मीलाई विशेष कार्यक्रम गरेर अवार्ड तथा सम्मान गरिनेछ ।

छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ मा नेपाली गीत सङ्गीतको क्षेत्रमा योगदान पुर्‍याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखी रङ््ग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिनुभयो । साथै नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई सम्मान गरिने जनाइएको छ । छैटौं संस्करणको आयोजक समितिमा कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापा, सनम कठायत, उषा सुवेदी, मुकुन्द बस्नेत र कुशल खत्री रहनुभएको छ ।

 

उत्कृष्ट पाँच मनोनयनहरू :-

१) उत्कृष्ट राष्ट्रिय भाव
१, रिता केसी-पहराको साइनो
२, निमा शेर्पा-माटोको माया
३, डा. नवि अधिकारी-देश छोड्नेको लर्को
४, गीता पाण्डे-वीर नेपाली सेना
५, नारायण नेपाल-तिम्रो हाँसो संगालेर

२) उत्कृष्ट चलचित्र गीत
१. मुटुको चार आना-उपहार
२. प्रेम शरणम्-पशुपति प्रसाद २
३. क बाट कछुवा- नाइ नभन्नु ल-६
४. बुझिनँ मैले-बोक्सीको घर
५. काले केटाले-ऐंचो पैंचो

३) उत्कृष्ट पप-आधुनिक गायक
१. नारायण थापा-जुन मायाको पुजा गरेँ
२. युवराज चौँलागाई- नझुक्याउ
३. ओम सुनुवार-मायाले सजाउँला
४. सिडी विजय अधिकारी-मन्द मन्द
५. सुरेश लामा-बाचा भयो

४) उत्कृष्ट पप-आधुनिक गायिका
१. मन्जु थापा-मन भित्र मायाको
२. मल्लिका कार्की-गाजले
३. निता आचार्य-चुपचाप
४. अनु देवान-प्रेमको भाषा
५. सन्जना श्रेष्ठ-सुनौली बिहानी-२

५) उत्कृष्ट पप– आधुनिक गीतकार
१. तारा अधिकारी-हे बरै
२. रमेश दाहाल-जति टाले पनि
३. युरेश सिग्देल-हेर्छु तिमीलाई
४. पद्मा लिंखा मगर-मन्द मन्द
५. रोहित घिमिरे-तिम्रो अंगालोमा

६) उत्कृष्ट पप-आधुनिक संगीतकार
१. सरोज कोइराला-एक चिम्टी सिन्दुर
२. टेकराज ओझा -दिल्ली आग्रा
३. सरोज प्याकुरेल-बरपिपलको जोडी
४. भिम बिसी-बाचा भयो
५. रोशन सिंह – किन मरिनँ म-२

७) उत्कृष्ट पप– आधुनिक युगल गायन
१. सुरज सिंह/एलिना चौहान -यो मुटु तिमी लिउ
२. अजय अधिकारी/सदिक्षा भुर्तेल – ठूलो जात
३. सिडी विजय अधिकारी/निता आचार्य -गरिदेउ बिदा
४. दिपक चौँलागाईं/अन्जु पन्त – मलाई मन परेको मान्छे
५. महेश मुखिया सुनुवार / दिपा नारायण झा-जापानी टाइफन

८) उत्कृष्ट पप-आधुनिक मोडल पुरुष
१. कमल सिंह-मुना हौ मेरी
२. लक्ष्मण देवकोटा-रातो किताब
३. दिनेश कठायत- ए बेइमानी
४. आश्मन तामाङ-आफ्नै धड्कन
५. सागर खनाल- म हास्ँदा

९) उत्कृष्ट पप- आधुनिक मोडल महिला
१. प्रतिक्षा काफ्ले -माया गरेउ
२. दिया जि.सी.- कसम होला
३. सोफी धरेल-जीन्दगी त सगैं ज्युने हो
४. एन जेड सालु -बाचा भयो
५. कविता न्यौपाने -तिमी नभए

१०) उत्कृष्ट लोक पप गायन
१. सुमी पराजुली- चुम्पा चपक्कै
२. राजेश बर्देवा-उमेर सत्र भयो
३. शोभा त्रिपाठी -मुगु रारा ताल
४. अन्जु श्रेष्ठ -नहेरन त्यसरी कान्छा
५. बादल थापा – मेरो चोखो मायामा

११) उत्कृष्ट लोक दोहोरी गायक
१. उद्धव कार्की-फुलको माला
२. हेमन्त रसाइली कान्छा- जाउँ साइली बेनी बजार
३. हरि बिमर्शी -लुकी लुकी
४. राजु सापकोटा- भाग्यमा विछोड
५. शुसिल ज्ञवाली-लजाउँदै लजाउँदै

१२) उत्कृष्ट लोक दोहोरी गायिका
१. तृष्णा घर्ति मगर- सोल्टीनीको रेशमी केश
२. सिमा थापा-मुस्कानै मिठो छ
३. शान्ती श्री परियार-त्यो मन रुन्छ रुन्न खै
४. सुनिता बुढा क्षेत्री- घाम जस्तो चम्किलो जुन हुँदैन-२
५. देवी घर्ति मगर- तिम्रै हुन पाइनँ

१३) उत्कृष्ट लोक दोहोरी शब्द
१. डा. शिव सुवेदी-दुःख टर्या छैन
२. सागर बास्तोला-गरिदेउ विदा
३. नेत्र अर्याल-तल्लो बाटो
४. प्रकाश पराजुली-फुलको माला
५. विपिन के.सी.-हामी दाजु भाई

१४) उत्कृष्ट लोक दोहोरी लय
१. दिपक अधिकारी-रुन्नँ भन्दा भन्दै
२. खेम सेन्चुरी-तल्लो बाटो
३. शम्भु कुँवर-त्यो मन रुन्छ रुन्नँ खै
४. हेमन्त आले-सोल्टीनीको रेशमी केश
५. जय देवकोेटा -बोली र गोली उस्तै हो

१५) उत्कृष्ट लोक दोहोरी मोडल महिला
१. स्मारिका ढकाल-गरिदेउ बिदा
२. सजिना लामिछाने-बाध्यता
३. रजनी गुरुङ-ठुली
४. अस्मिता पुरी-फुलमाया
५. रुबिना अधिकारी- नजर लाग्लानी

१६) उत्कृष्ट लोक दोहोरी मोडल पुरुष
१. पुष्प खड्का- घुमाउने घर पोखरा
२. सागर लम्साल-पिरैले सुकाउँछ ज्यान
३. पल शाह-नजर लाग्लानी
४. देवेन्द्र बब्लु-ठुली
५. विजय पुन-सोल्टिनीको शिरैमा चन्द्रमा

१७) उत्कृष्ट म्युजिक भिडियो छाँयाकार
१. नवराज उप्रेती-बाचा भयो
२. दिपक गिरी-जिन्दगी त सगैं
३. दिनेश पराजुली-यो मुटुको एउटै
४. अजय रेग्मी-काफल गुलियो
५. दुर्गा पौडेल-फुलमाया

१८) उत्कृष्ट म्युजिक भिडियो सम्पादक
१. विरेन्द्र भाट ‘विपिन’-जीवनको रेल
२. अमृत चापागाई-सिन्दुर पोते
३. मनोज कार्की-लुकी लुकी
४. लक्ष्मण चौहान-प्लिज मारिदेउ
५. विकास ज्ञवाली-आफ्नै धड्कन

१९) उत्कृष्ट म्युजिक भिडियो निर्देशक
१. उमेश गुरुङ -लमजुङको पानी रसिलो
२. अनुप चन्द ठकुरी- सुनचाँदी-२
३. जनक सिंह-गरिदेउ विदा
४. प्रविन थापा- बैमानी लाहुरे
५. मौसम हिमाली -लुकी लुकी

२०) उत्कृष्ट नव प्रतिभा मोडल
१. मुना भुर्तेल-कास्कीको फेवा ताल
२. सपना आर बम्जन-मिठा मिठा बोली बोल्दै
३. प्रतापमर्दन बस्न्यात-जिन्दगानी छोटो छ
४. श्री नुर-रिमाई
५. खुशी कार्की -चश्मा लगाउली

२१) नव प्रतिभा गायन
१. हसना शाक्य – मुना हौ मेरी
२. आयुष्मान बिष्ट-के यो माया हो
३. सन्त दराई-पछ्यौरी
४. हरी कैनी- के छ मनमा
५. रोम श्रेष्ठ-मलाई तिमी हौ