Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कला / मनोरञ्जन

चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं – चलचित्र पत्रकार संघ नेपालको नेतृत्वमा समिर बलामीले पुनः बाजी मारेका छन्। शनिबार राति सम्पन्न संघको १०औँ महाधिवेशनबाट उनले दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा जित दर्ता गर्दै आफ्नो नेतृत्वलाई निरन्तरता दिएका हुन्। बलामीले निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीलाई पराजित गर्दै बलामीले विजय हासिल गरेका हुन्। नयाँ कार्यसमितिमा उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा र उपाध्यक्ष (कार्यक्रम)

अभिनेत्री सानिया खानको स्काइ डान्स स्टुडियो सञ्चालनमा

काठमाडौं- नेपाली चलचित्र क्षेत्रकी प्रतिभाशाली अभिनेत्री सानिया खानले काठमाडौं महानगरपालिका –नागार्जुन १, रानीबनमा अत्याधुनिक सुविधा सहितको “स्काइ डान्स स्टुडियो” सञ्चालनमा ल्याएकी छन्। बुधबार एक विशेष कार्यक्रमबीच स्टुडियोको औपचारिक शुभारम्भ गरिएको हो। नेपाली लोक, आधुनिक, पप, जुम्बालगायत विभिन्न शैलीका नृत्य सिकाइने उक्त स्टुडियोमा सबै उमेर समूहका नृत्यप्रेमीका लागि विविध कोर्सहरूको व्यवस्था गरिएको छ। नृत्यप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर

राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

काठमाडौं – नेपाली संगीत क्षेत्रलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यसहित विगत पाँच वर्षदेखि निरन्तर भव्य रूपमा आयोजना हुँदै आएको राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को छैठौं संस्करण आयोजना हुने भएको छ। आयोजक संस्था सामना म्युजिक क्रियशनले आजदेखि औपचारिक रूपमा आवेदन (फारम) खुला गरिएको जानकारी दिएको छ। अवार्डको अन्तिम कार्यक्रम कहिले र कहाँ हुने भन्ने विषयमा

‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

काठमाडौं – नेपाली कला र सर्जनाको सम्मान, संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित सातौँ संस्करणको ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। अर्थ नेपाल प्रालि को आयोजनामा जमलस्थित राष्ट्रिय नाचघर मा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वरिष्ठ सितारवादक विजया शर्मा लाई नगद रु. १७,६९६ सहित ‘सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्दै सम्मान गरिएको थियो। उक्त सम्मान

शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौँ – राजधानी काठमाडौँमा १६औँ संस्करणको ‘विन्ध्यवासिनी म्युजिक अवार्ड’ भव्यताका साथ सम्पन्न भएको छ। विन्ध्यवासिनी फाउण्डेसन द्वारा जमलस्थित राष्ट्रिय नाचघर मा आयोजित कार्यक्रममा १२ विधामा अवार्ड तथा ५ विशिष्ट सम्मान प्रदान गर्दै नेपाली संगीत क्षेत्रका सर्जक र कलाकारहरूको योगदानको उच्च कदर गरिएको हो। अवार्डतर्फ ‘परेली’ गीतबाट शिव परियार सर्वोत्कृष्ट गायक घोषित भए भने ‘के हेरेको टुलुटुलु’बाट

न्यु लुक ब्युटी फर लाइफ ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’ सिजन–८ सम्पन्न

  काठमाडौँ – ब्युटिसियनहरूको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासलाई लक्षित गर्दै आयोजना गरिएको ‘न्युलुक ब्युटी फर लाइफ ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’ सिजन–८ को ग्रान्ड फिनाले काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै धादिङकी ब्युटिसियन चादनी श्रेष्ठ विजेता घोषित भइन्। उनले नगद २५ हजार रुपैयाँसहित मुख्य उपाधि, बेस्ट हेयर स्टाइलिस्ट अवार्ड, पब्लिक

चलचित्रमा काली–कर्णाली’ अन्तरक्रिया भव्य सम्पन्न : नीतिदेखि छायांकन सम्भावनासम्म गहन बहस

काठमाडौँ-  एभरेष्ट ग्यालरीको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा ‘चलचित्रमा काली–कर्णाली’ विषयक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कर्णाली र सुदूरपश्चिम क्षेत्रको चलचित्र सम्भावना, भाषा, संस्कृति र नीतिगत पक्षबारे केन्द्रित उक्त कार्यक्रमले चलचित्रकर्मी तथा सरोकारवालाबीच गहन बहस सिर्जना गरेको छ। कार्यक्रमलाई दुई चरणमा विभाजन गरी प्यानल डिस्कसन सञ्चालन गरिएको थियो। पहिलो चरणमा मोहन निरौला,

पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

काठमाडौं- ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को पाँचौँ संस्करण बैशाख १५ देखि १७ गतेसम्म सर्लाहीको चन्द्रनगरमा आयोजना हुने भएको छ। नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको यो महोत्सव यसपटक मधेश प्रदेशको सर्लाही जिल्ला, चन्द्रनगर गाउँपालिकामा आयोजना गरिने भएको हो। महोत्सव आयोजनाबारे चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र आयोजक संस्था

‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

काठमाडौं- साहित्य र संगीत दुवै क्षेत्रमा सक्रिय सर्जक देवी घिमिरे को बहुप्रतीक्षित उपन्यास ‘मनझोली’ भव्य कार्यक्रमबीच लोकार्पण गरिएको छ। उपन्यास समाज, नेपाल को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाली साहित्य क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि हेमनाथ पौडेल ले समाजमा रहेका विविध विषयवस्तुहरू साहित्यका कच्चा सामग्री भएको उल्लेख गर्दै तिनै आधारमा उत्कृष्ट

लोक दोहोरी स्टार’ सिजन १ को उपाधि निशा लामालाई 

काठमाडौँ – नेपाली सांगीतिक रियालिटी सो ‘लोक दोहोरी स्टार’ सिजन १ को उपाधि  गायिका निशा लामाले जितेकी छन्। राजधानीमा भव्य रूपमा सम्पन्न ग्रान्ड फिनाले कार्यक्रममा उनले उत्कृष्ट प्रस्तुति दिंदै नगद १० लाख रुपैयाँसहित उपाधि आफ्नो नाममा सुरक्षित गर्न सफल भइन्। प्रतियोगितामा कडा प्रतिस्पर्धा गर्दै मानव रावत क्षेत्री दोस्रो स्थानमा सीमित भए भने लीलबहादुर थापा मगर