Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

राष्ट्रिय लोकसाँस्कृतिक संघ को सहकार्यमा ‘मौलिक लोक भजन प्रतियोगिता’ सम्पन्न

Tuesday, June 25, 2024 National Power

काठमाडौं – प्रथम राष्ट्रिय मौलिक लोक भजन प्रतियोगिता २०८१ भव्य रुपमा सम्पन्न भएको छ । गत शनिबार असार १ गते साँस्कृतिक संस्थान नाचघर जमल काठमाण्डौंमा मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।प्रमुख अतिथि रेग्मीले भजन प्रतियोगिता २०८१ ले देश देशान्तरमा रहेका लोक भजनका गायक ,स्रष्ठा,संगीतकारहरुलाई प्रोत्साहित गरेको वताएका छन । नयाँ पुस्ता फेरिदै गर्दा हाम्रो सँस्कृति परम्परागत मूल्य मान्यताहरु क्षीण हुँदै गएको र लोपोन्मुख सँस्कृतिलाई संरक्षण , सम्वद्र्धन गर्नु आजको अनिवार्य आवश्यकता भएको वताएका छन ।

सहयात्रा नेपालको मुख्य आयोजना तथा भ्यू प्वइन्ट मिडिया र राष्ट्रिय लोक साँस्कृतिक संघ नेपालको सहकार्यमा भएको कार्यक्रमको अध्यक्षता चन्द्र शर्माले गरेका थिए । मौलिक लोक भजनको संरक्षण ,सम्वद्र्धन र प्रवद्र्धनका निम्ति गरिएको कार्यक्रमले आगामि दिनमा भावि पुस्ताले पनी मौलिक लोक भजनको संरक्षण गर्ने,प्रचार प्रसार गर्ने क्रममा निरन्तर रहिरहने कार्यक्रमका सभापति तथा गायक चन्द्र शर्माले वताए ।

प्रतियोगितामा मलेखुका युवा भजन गायक निश्चल सिलवालको नेतृत्वमा मुक्तेश्वर भजन समुह टोखा प्रथम भएको छ । ओम कारेश्वर भजन समुह तारकेश्वरले दोश्रो स्थान हात पारेको छ । गोपाल सिद्धभजन समुह अर्घाखाँची तृतीय भएको छ भने सिन्धुली कलाघर र अरुण उपत्यका साँस्कृतिक अनुसन्धान केन्द्र वालन भजन समुह संखुवासभाले सान्त्वना स्थान प्राप्त गरेका छन ।

पहिलो हुने समुहले नगद रु। एक लाख, दोश्रो हुने समुहले नगद रु। पचास हजार , तेस्रोे हुने समुहले नगद रु। पच्चीस हजार र सान्त्वना स्थान प्राप्त गर्ने दुई समुहले नगद रु। सात हजार सात सय सतहत्तर प्राप्त गरेका छन । प्रतियोगितामा जम्मा २१ टिमको सहभागिता रहेको थियो । सहयात्रा नेपालका संस्थापक अध्यक्ष दुर्गा रायमाझीको संयोजनमा भएको प्रतियोगिताको निर्णायक मण्डलमा दुर्गा रायमाझी, भजन सम्राट तथा गायक रेशम सापकोटा, भजन गायक नारायण लेकाली,गायक नरहरी प्रेमी,संगीतकार पदम रोकाया, तेज वहादुर केसी रहेका थिए ।

कार्यक्रममा वाचन प्रविण पण्डित दिनवन्धु पोख्रेल, बरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझी, राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापामगर, पूर्व अध्यक्ष दुर्गा रायमाझी, एभरेष्ट कल्चरल ग्रुपका संस्थापक अध्यक्ष आर।सी। कोइराला, ,नृत्य निर्देशक जोगेन्द्र केसी राष्ट्रिय लोक सांस्कृतिक संघका सल्लाहकार माधव राज खरेल लगायत थुप्रै कलाकारहरुको समेत उपस्थिती थियो । गायिका मन्जु पौडेल, राष्ट्रिय लोक सांस्कृतिक संघका बरिष्ठ उपाध्यक्ष तथा गायक अमृत खाती र कोष खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।