Sunday 5th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

ईनास मेरिल्याण्डले आयोजना गरेको बनभोज तथा भेटघाट कार्यक्रम

Wednesday, June 12, 2024 National Power

अमेरिका – अमेरिकाको बाल्टिमोरस्थित मेरील्याण्डमा रहेको पेरीहल पार्कमा गत हप्ता शनिवार बिहानैदेखि नेपालका लोकप्रिय कलाकारहरु तथा कलापारखीहरुको चहलपहल देखियो । जुन ८ का दिन पार्कमा भेला भएका अमेरिकामा बसोबास गरिरहेका कलाकारहरुका लागि उक्त दिन ऐतिहासिक दिन नै बन्यो । रमणिय पेरीहल पार्क घरदेशदेखि परदेशसम्मका कलाकारको जमघटस्थल बनेको थियो ।
गीत, संगीत, अभिनयसहितका विधाका पारंगत कलाकारहरुमध्ये कोही विभिन्न परिकारहरु तेयार पारेर खाने देखी टिकटक बनाउनमा समेत व्यस्त देखिन्थे, नाच्न र गाउनका प्रायः सबै तम्तयार नै देखिन्थे ।
देशदेखि विदेशसम्म ख्याति कमाएका नेपाली फिल्मका अभिनेता, अभिनेत्री, गायक, गायिका, फिल्म निर्देशकमात्र होइन समाजसेवी तथा खेलाडीहरुसमेत उक्त दिन एउटै थलोमा भेला भएर रमाइलो गरेका थिए । यो ऐतिहासिक जमघटको चाँजोपाँजो मिलाउने जिम्मेवारी लिएको थियो नेपाली कलाकारहरुको संस्था ईनास मेरिल्याण्डले ।

अन्तर्राष्टिय कलाकार संगठन ईनास अन्तर्गगत मेरिल्याण्ड शाखाले आयोजना गरेको रमाईलो वनभोज तथा भेटघाट कार्यक्रममा कलाकारको यो वृहत जमघट अमेरिकामै पहिलो भएको नर्थ अमेरिका, इनास अमेरिका महादेशका क्षेत्रीय संयोजक तथा गायक कन्हैया सिंह परियारले जानकारी दिएका छन् ।

इनास अमेरिकाका क्षेत्रीय संयोजक गायक परियारले दिइएको जानकारी अनुसार उक्त कार्यक्रममा उपस्थित सबैलाई सम्मान गर्ने र खादा ओढाउने जिम्मेवारी ईनास मेरिल्याण्डका संरक्षक तथा अवैतानिक राजदुत वरिष्ठ गायक तथा संगीतकार प्रेम राजा महतलाई दिइएको थियो ।

संगीतकर्मी महतको विशेष उपस्थितिमा प्रारम्भ भएको उक्त जमघट कार्यक्रममा संगीतकर्मी महतले रमेश प्रसाईँ (पब्लिक स्पिकर) तथा कलाकार, समाजसेवी तथा खेलाडी नन्दा बस्याल, अमेरिकामा छायांकन भैरहेको फिल्म ‘तेल भिसा’ को सम्पूर्ण टीमलाई खादा, माला तथा टोकन अफ लभद्वारा स्वागत गरेका थिए ।

कार्यक्रममा ईनास मेरिल्याण्डका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेल (गायक तथा संगीतकार) वरिष्ठ उपाध्यक्ष शान्ति भण्डारी (मोडल तथा गायिका तथा वनभोज कार्यक्रमका संयोजक), उपाध्यक्ष खिम मस्रंगी मगर ( वाद्यवादक तथा खेलकूद संयोजक), उपाध्यक्ष दिलीप श्रेष्ठ (प्रविधि), प्रवक्त प्रवेश उप्रेती ‘पल’ (अभिनेता), महासचिव सज्जन बोहोरा (मोडल तथा गायक), सचिव याम क्षेत्री (गायक), सह–कोषाध्यक्ष स्वरूपा रसाईली (गायिका),इनास मेरिल्याण्डका वरिष्ठ सल्लाहकार तथा गायक श्याम गुरुङ, सदस्यहरुमा मोहन गुरूङ (साउण्ड ईन्जिनियर), विजय गुरूङ (वाद्यवादक), रमेश परियार (गायक), गम वहादुर राना (कवि), होम वहादुर चितौरे (गजलकार) आदिको उपस्थिति रहेको थियो । ईनास मेरिल्याण्डको वनभोज कार्यक्रममा वाना नेपाली कम्यूनिटी सेन्टरकी पूर्व अध्यक्ष तथा ईनास मेरिल्याण्डकी संरक्षक अनु सुया वन्त श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

बनभोजको रमाईलो कार्यक्रममा ईनास मेरिल्याण्डले आफ्ना ईनास परिवारका अथितिहरूलाई निमन्त्रणा गरेको थियो । सोही क्रममा ईनास अमेरिकाका क्षेत्रिय संयोजक तथा गायक–संगीतकार कन्हैया सिंह परियार, ईनास अमेरिका अध्यक्ष तथा नायक राहुल केसी, ईनास अमेरिकाका उपाध्यक्ष तथा मेरिल्याण्डका वर्तमान अध्यक्ष सृजन ताम्राकार, उपाध्यक्ष तथा खेलाडी कलाकार विकाश घले, ईनास अमेरिकाका महासचिव प्रकाश नेपाल, प्रवक्ता गोपालचन्द्र लामिछानेको विशेष उपस्थिति रहेको थियो ।

वनभोज कार्यक्रममा ईनास मेरिल्याण्डका संस्थापक सल्लाहकार तथा एनआरएनए मेरिल्याण्डका अध्यक्ष कुल गुरूङ, ईनास मेरिल्याण्डका सल्हाकार एवं वरिष्ठ गायिका अञ्जना गुरूङ, गायिका सृजना विरही थापा, युवा सल्लाहाकार प्रविण भण्डारी, बाल्टिमोरका रमेश भट्ट ‘नेपाली छोरो’, वानाका संस्थापक अध्यक्ष मोहन थापा, अभिनेत्रीहरु पूजा चन्द, ऋचा घिमिरे, अभिनेता विपीन कार्की, अभिनेत्री वर्षा राउत, निर्देशक शंकर घिमिरे, संगीतकर्मी राजु लामा, नेपाली फिल्म तेल भिसाका अन्य कलाकार तथा प्राविधिक टीम सबैको उपस्थिति तथा सामिप्यताले कार्यक्रमको रौनक बढाएको थियो ।