Tuesday 28th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

गीतकार शोभित उप्रेती को प्रमुख आतिथ्यतामा पुर्व विद्यार्थी समाज गठन

Tuesday, June 18, 2024 National Power

काठमाडौं- दोलखाको मेलूङ गाउँपालिका-१ मा रहेको श्री सत्यश्वर माध्यामिक विद्यालयमा अध्ययन गरेकाहरुले ‘सत्यश्वर मावि पुर्व विद्यार्थी समाज’ गठन गरेका छन् ।

काठमाडौंको गौशालास्थित एक होटलमा शनिबार सम्पन्न भेलाले शङ्करनाथ उप्रेतीको अध्यक्षतामा समाजको १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा कृष्ण प्रसाद उप्रेती, सचिवमा भवनाथ ढुङ्गेल, सहसचिवमा प्रविण थपलिया र कोषाध्यक्षमा कल्पना ढकाल पौडेल चयन गरिएको थियो भने सदस्यहरुमा यसोदा खड्का, राजन आचार्य, ऋषिराज आचार्य, रामप्रसाद शिवाकोटी, बुद्धि उप्रेती, प्रदिप नेपाली, राजन कोइराला, संजयकुमार बस्नेत, सन्तोष भुजेल र रुद्रहरि नेपाल चयन भएका छन्।

समाज गठनका लागि यसअघि शंकरनाथ उप्रेतीको संयोजकत्वमा भेला आयोजक समिति गठन भएको थियो ।

समाजसेवी शोभित उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं जापानका लागि पूर्व नेपाली राजदुत डा। विष्णुहरि नेपाल, द्वन्द्व विशेषज्ञ डा। विष्णुराज उप्रेती, राष्ट्र बैङ्कका सन्चालक डा। शङ्कर आचार्य, डा. कृष्ण पोखरेल, नेपाल बार एशोसियसन दोलखाका पूर्व अध्यक्ष सरोज उप्रेती, विद्यालयका पूर्व प्रधानाध्यापक राम बहादुर खड्का, पूर्व शिक्षक एवं वडा अध्यक्ष इश्वर कोइराला लगायत बिक्रम सम्बत् २०४३ देखि हालसम्म अध्ययन गरेका विद्यार्थी र सरोकारवाला व्यक्ति सहभागी थिए ।

बिक्रम सम्बत् २०१६ सालमा स्थापना भएको विद्यालयबाट हालसम्म अध्ययन गरेका विद्यार्थीहरु सरकारको उच्च तहमा पुग्न समेत सफल भएका छन् । फलस्वरुप भुतपुर्व विद्यार्थीहरुको साझा मन्चको रुपमा बिबिध सिर्जनात्मक, रचनात्मक तथा समाजसेवालगायतका कामहरु गर्ने उदेश्यले भूतपूर्व विद्यार्थी समाज गठन भएको अध्यक्ष उप्रेतीको भनाई छ।