Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सडक र सुरक्षा

काठमाडौंका खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – काठमाडौंका खोला नजिकका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहीबार रातिदेखि लगातार परेको पानीले खोलामा पानीको बहाव उच्च भएपछि बाढी पूर्वानुमान विभागले उच्च सतर्कता अपनाउन सूचना जारी गरेको हो । नेपाल बाढी सूचनामार्फत यहाँका बागमती, विष्णुमती बल्खु खोला, नख्खु, हनुमन्ते, मोहना, धोबी खोला आसपास र होचो ठाउँका बासिन्दालाई सर्तक रहन आग्रह

पहिरोमा पुरिएर काठमाडौंमै ३ जनाको मृत्यु

काठमाडौं – बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंमा ३ जनाको मृत्यु भएको छ । मुलपानीमा पहिरोले घर पुर्दा एकै परिवारको तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी

लेदो खसेपछि धादिङमा राजमार्ग अवरुद्ध

काठमाडौं – लगातारको वर्षाका कारण धादिङमा पुथ्वी लोकममार्ग अवरुद्ध भएको छ । बेनिघाट रोराङ गाउँपालिका-१० बादरेमोड स्थित राजमार्गमा शुक्रबार दिउँसो माटो, ढुंगा खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको धादिङ प्रहरीले जानकारी दिएको छ । सडकमा खसेको लेदो हटाउन स्थानीय र प्रहरी खटिएका छन् । सडक दुईतर्फी रुपमै सञ्चालनमा ल्याउन डोजरले काम गरिरहेको प्रहरीले जनाएको छ ।

बाढीले बगाउँदा पर्सागढीमा बालकको मृत्यु

वीरगञ्ज – पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सिंग्याही खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गरिरहेका उनलाई बाढीले बगाएको प्रहरीले जनाएको छ । बगाएको स्थानबाट झण्डै दुई किलोमिटर पश्चिम बडेर्वा गाउँबाट स्थानीयले

देशका विभिन्न स्थानमा वर्षा संगै बाढी र पहिरोको प्रकोपमा परी ६ जनाको ज्यान गयो

काठमाडौं- बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर र ललितपुरमा गरी ६ जनाले जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५

धावनमार्गबाट चिप्लिएको यती एयरको विमान

काठमाडौं- धावनमार्गबाट चिप्लिएको यती एयरलान्सको विमानका कारण त्रिभुवन विमानस्थल अझै अवरुद्ध छ । विमानस्थल कार्यालयले २ बजेसम्म विमान हटाइसक्ने भने पनि अहिलेसम्म काम सकिएको छैन । विमानलाई धावनमार्ग छेउबाट हटाउनका लागि विमानस्थल कार्यालय, प्रहरी र यती एयरलाइन्सको टीमले काम गरिरहेको छ । तर विमानलाई सुरक्षित रुपमा घाँसे मैदानबाट बाहिर निकाल्न सकेको छैन ।

कैलालीका स्थानीय तहमा विप्लव त्रास : कतै कर्मचारी थुनिए, कतै ‘बम’

कैलाली – कैलालीका स्थानीय तहमा विप्लव समूहको त्रास फैलिएको छ । यो समूहले वडा कार्यलयमा ताला लगाउँदै कर्मचारीलाई समेत थुन्न थालेपछि त्रास छाएको हो । धनगढी उपमहानगरपालिकाका अनुसार, यसका १४ वटै वडा कार्यालयमा विप्लव समूहले ताला लगाइदिएको छ । टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिकाकासँगै जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाका वडा कार्यालयहरूमा पनि

विमा गरको एक महिना भित्रै बाबुद्धारा छोरीको हत्या

रौतहट -जीवन बीमा कम्पनीबाट पाउने रकमको लोभमा एक बुबाले आफ्नै छोरीको हत्या गरेका छन् । रौतहटको मौलापुर नगरपालिका–६, पथरा बुधरामका रामकिशोर राय यादवले ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेका हुन् । असार १७ गते घरमा सुतिरहेकै अवस्थामा हराएकी लक्ष्मीको शव भोलिपल्ट बिहान गाँउकै एक पोखरीमा भेटिएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा राम किशोरको

लिवियामा हवाई आक्रमण, ४० आप्रवासीको मृत्यु

काठमाडौं – लिवियाको आप्रवासी हिरासत केन्द्रमा हवाई आक्रमण हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ । राजधानी त्रिपोलीको पूर्वक्षेत्रको आप्रवासी हिरासत केन्द्रमा आक्रमण भएको हो । मारिनेमा अधिकांश अफ्रिकन आप्रवासी छन् । बीबीसीका अनुसार, हवाई आक्रमणमा परी ८० जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

भारतदेखि अपराधी ल्याएर छोरीबाट आमाको हत्या (भिडयोसहित)

एउटी छोरीले आफ्नी अबैध प्रेमका कारण १२ लाख रुपैयाँ दिएर प्रेमीमार्फत भारतीय अपराधी ल्याएर हत्या गरेको एउटा घटना सार्वजनिक भएको छ । आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा ६१ वर्षीय सावित्री भट्टराईको हत्याको अनुसन्धानपछि यो कुरा खुलेको हो । प्रहरीले थालेको अनुसन्धानमाा २४ घण्टा नबित्दै हत्यारा पत्ता लगाएन मात्रै हत्याको कारण समेत खुलाएको छ । सोमबार