Thursday 2nd May 2024

    डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल    भारती पिक्चर्सको आयोजनामा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न    गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ र​ कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन    ‘माइती घर’का नायक सिपी लोहनीको निधन

भारतदेखि अपराधी ल्याएर छोरीबाट आमाको हत्या (भिडयोसहित)

Monday, July 1, 2019 National Power

एउटी छोरीले आफ्नी अबैध प्रेमका कारण १२ लाख रुपैयाँ दिएर प्रेमीमार्फत भारतीय अपराधी ल्याएर हत्या गरेको एउटा घटना सार्वजनिक भएको छ । आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा ६१ वर्षीय सावित्री भट्टराईको हत्याको अनुसन्धानपछि यो कुरा खुलेको हो ।

प्रहरीले थालेको अनुसन्धानमाा २४ घण्टा नबित्दै हत्यारा पत्ता लगाएन मात्रै हत्याको कारण समेत खुलाएको छ । सोमबार अपराध अनुसन्धान महाशाखामा पत्रकार सम्मेलन गरी मृतक भट्टराइको हत्या उनकी छोरीको योजनाअनुसार भएको खुलाएको हो ।

मृतककी छोरी ईश्वरी र मोहम्मद नौसाद केही समय पहिला एउटै गार्मेन्टमा काम गर्दा प्रेम सम्बन्ध भएको र आमाले यसको बिरोध गर्दा हत्याकै योजना बनाएको प्रहरीको दावी छ ।