पोखरा – घुम्ने बहानामा पोखरा ल्याएर होटलको कोठामा बन्धन बनाई बलात्कार गरेको आरोपमा उदयपुरका शिक्षक २८ वर्षे राकेशकुमार कानोडिया बुधबार पक्राउ परेका छन्। कास्की प्रहरी प्रवक्ता राजकुमार केसीका अनुसार विराटनगर घइ भई उदयपुर चौदण्डी ७ को मेरीगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक कानोडियाले १४ वर्षीया विद्यार्थीलाई ८ दिनदेखि होटल कन्ट्रीयार्ड बन्धक बनाएका थिए। बालिकालाई प्रहरीले अभिभावकको
जनकपुरधाम – महोत्तरीमा एक महिलाले छोरीको इज्जत आफ्नै सामुन्ने लुटाएकी छन् । १२ बर्षीया छोरीलाई भारतको राजधानी दिल्ली लगेर १५ दिनसम्म आफ्ना प्रेमीलाई बलात्कार गर्न दिएको घटना डेढ महिनापछि बाहिर आएको छ । पीडित बालिका भंगहा नगरपालिका ६ की हुन् । उनले प्रहरी समक्ष भनेकी छन्, ‘आमाकै सामुन्ने मसँग सियारामले शारीरिक सम्बन्ध बनाउँदा अहिले रोगी
गुल्मी- जिल्लाको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । २ जना घाइते छन् । जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ का घर पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलले पुष्टि गरे । पौडेलका अनुसार, सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक कसिन डाँडामा पहिरोले घर पुरिँदा ३२
काठमाडौं -भेइकल ट्रयाकिङ सिस्टम तत्काल अनिवार्य नगर्न माग गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको न्यूरोडमा महासंघले प्रदर्शन गरेको हो । नयाँ आर्थिक वर्षको शुरुवातसँगै राजश्व अनुसनधान विभागले शुरु गरेको भेइकल ट्रयाकिङ सिस्टम एक वर्षलाई परीक्षणको रुपमा लागु गर्नु पर्ने माग गर्दै आएको महासंघले आफ्नो भनाई सरकारले नसुनेको भन्दै शुक्रबार प्रदर्शन
काठमाडौं – कैलालीको धनगढी उपमहानगर–३, शहीद गेटमा भएको शक्तिशाली बम विष्फोटमा विप्लव समूहको संलग्नता देखिएको छ । बिहीबार साँझ निलम होटल अगाडि भएको विस्फोटमा ५ जना घाइते भएका छन् । घटनाको अनुसन्धानका लागि खटिएका प्रहरी अधिकृतहरुले विप्लव समूहको संलग्नता हुनसक्ने आशंका गरेका छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी सुदिप गिरीले बताए । ग्यासको सिलिण्डर
जुम्ला -जडीबुटी चोरी निकासीे आरोपमा जुम्लाका स्थानीयले पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि कुटपिट गरेका छन् । उनीहरूले घटना नियन्त्रणमा लिन आएका प्रहरीलाई समेत गाउँबाट लखेटेका छन् । बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले बुधबार वडाध्यक्ष रावतमाथि कुटपिट गरेका हुन् । स्थानीयवासीले हातपात गर्दै कमिजसमेत च्यातिदिएको वडाध्यक्षले गुनासो
धुलिखेल – काभ्रेको धुलिखेल नगरपालिका-१ देवीटारमा एक वृद्धाको हत्या भएको छ । राति १० बजे घरायसी विवादमा ६३ वर्षीया माइलीमाया तामाङको हत्या भएको हो । राति १० बजे सुन्तली तामाङले भित्तामा टाउको ठोक्काइदिएर माइलीमायाको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । माइलीमाया र सुन्तली सासू-बुहारी हुन् । टाउको
ललितपुर – आज विहान १२ः३० बजे ललितपुरको गोदावरीमा रक्सी फ्याक्ट्रीमा करेन्ट लागेर एक वालकको मृत्युभएको छ भने एक बालक घाईते भएका छन् । ख्रिष्टियन एकेडेमी गोदावरीमा कक्षा ६ मा अध्ययनरत ११ वर्षिया साईमन पोखरेलको रक्सी फ्याक्ट्री भित्र करेन्ट लागेर मृत्यू भएको बताईएको छ । पोखरेलको गोदावरी, महचौरमा रहेको हिमालयन बु्रअरी नामक रक्सी कम्पनीको कम्पाउण्ड भित्र
काठमाडौं – लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन आरक्षणविरोधी रहेको भन्दै आरक्षण बचाऔं आन्दोलनले मंगलबार कामठाडौंमा प्रदर्शन गरेको छ । माइतीघमरमा आयोजित प्रदर्शनमा दलित, जनजाति, मधेशी, महिला, मुस्लिम, अपांगता भएकाहरुलगायतका समुदाय सहभागी थिए । माइतीघरमा भेला हुनुअघि सुन्धारा, बानेश्वर र थापाथलीबाट र्याली निकालिएको थियो । संविधानअनुसार लोकसेवाले विज्ञापन सच्चाएर समावेशी विज्ञापन जारी नगरेसम्म आफूहरुको
काठमाडौं–अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको छ । बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५/५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४/४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३/३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ