Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

काठमाडौंका खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

Friday, July 12, 2019 National Power

काठमाडौं – काठमाडौंका खोला नजिकका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहीबार रातिदेखि लगातार परेको पानीले खोलामा पानीको बहाव उच्च भएपछि बाढी पूर्वानुमान विभागले उच्च सतर्कता अपनाउन सूचना जारी गरेको हो ।

नेपाल बाढी सूचनामार्फत यहाँका बागमती, विष्णुमती बल्खु खोला, नख्खु, हनुमन्ते, मोहना, धोबी खोला आसपास र होचो ठाउँका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ । लगातारको वर्षाका कारण काठमाडौंमै शुक्रबार ३ जनाको मृत्यु भइसकेको छ । बिभिन्न क्षेत्र डुवानमा परेका छन् ।