Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कैलालीका स्थानीय तहमा विप्लव त्रास : कतै कर्मचारी थुनिए, कतै ‘बम’

Sunday, July 7, 2019 National Power

कैलाली – कैलालीका स्थानीय तहमा विप्लव समूहको त्रास फैलिएको छ । यो समूहले वडा कार्यलयमा ताला लगाउँदै कर्मचारीलाई समेत थुन्न थालेपछि त्रास छाएको हो । धनगढी उपमहानगरपालिकाका अनुसार, यसका १४ वटै वडा कार्यालयमा विप्लव समूहले ताला लगाइदिएको छ । टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिकाकासँगै जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाका वडा कार्यालयहरूमा पनि विप्लव समूहले पर्चा छरेर ताला झुन्ड्याइएको छ ।

लम्कीचुहा नगरपालिका कार्यालका कर्मचारी र जनप्रतिनिधिलाई त विप्लव कार्यकर्ताले कार्यकक्षभित्रै थुनिदिएका छन् । साढे आठ बजे रातिसम्ममै कार्यालयमा काम गरिरहेका दुई कर्मचारी र जनप्रतिनिधि कार्यालयभित्रै थुनिएका हुन् । नगरपालिकाका लेखापाल सरोज चौधरी र कार्यालय सहयोगी बगेन्द्र सुनारसहित केही जनप्रतिनिधि रातिको समयमा लेखा फाँटमा काम गरिरहेको भेटिएपछि उनीहरुलाई थुनिदिएको विप्लवका एक नेताले बताए ।

उता गोदावरी नगरपालिकाको वडा नम्बर ७ र ८ को वडा कार्यालय परिसरमा शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए । उनले उक्त वस्तुबारे नेपाली सेनालाई जानकारी गराइसकेको बताए ।

कैलालीजस्तै डडेल्धुरामा पनि विप्लव समूहको गतिविधि बढेको छ । गएराति डडेल्धुराका केही वडा कार्यालयमा शंकास्पद वस्तु राख्दै तालाबन्दी गरिएको छ ।