Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

बन्धक बनाएर विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

Thursday, July 25, 2019 National Power

पोखरा – घुम्ने बहानामा पोखरा ल्याएर होटलको कोठामा बन्धन बनाई बलात्कार गरेको आरोपमा उदयपुरका शिक्षक २८ वर्षे राकेशकुमार कानोडिया बुधबार पक्राउ परेका छन्। कास्की प्रहरी प्रवक्ता राजकुमार केसीका अनुसार विराटनगर घइ भई उदयपुर चौदण्डी ७ को मेरीगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक कानोडियाले १४ वर्षीया विद्यार्थीलाई ८ दिनदेखि होटल कन्ट्रीयार्ड बन्धक बनाएका थिए। बालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगाइसकेको छ। शिक्षकमाथि मुद्दा चलाउने तयारी भइरहेको छ।

पोखराको फेवाताल किनार (लेकसाइड) डिहिकोपाटनस्थित होटल कन्ट्रीयार्डमा ल्याई बालिकाले प्रयोग गर्ने मोबाइलसमेत निउन्त्रणमा लिई ८ दिनदेखि कोठामा राखी जबरजस्ती करणी गरेको आरोपमा शिक्षक कानोडिया पक्राउ परेका हुन्। अभिभावकले पोखरामा ल्याएको हुन सक्ने भन्दै दिएको सूचनाको आधारमा कास्की प्रहरीले बालिकालाई बन्धक बनाइ राखेको अवस्थामा होटलबाट उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।

शिक्षक कानोडियाले बालिकालाई शैक्षिक भ्रमण हुन्छ। घुम्न पनि हुने ज्ञानगुन पनि हुने भन्दै फकाएर पोखरा ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ। कनोडियालाई पक्राउ पछि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक केसीको भनाइ छ।