Friday 17th May 2024

    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अलास्कामा पर्वतीय फुड फेस्टिभल हुदै    समाजमा बसेपछि सरसहयोग, आपसी सम्बन्ध, एकता, लेनदेन हुनु पर्दछ : समाजसेवी अनिला कायस्थ    ६ देशका विश्व कविसहित नेपालका ओझा बने भानुसिंह साहित्य पुरस्कारको विजेता

आमाले गराईन १२ वर्षिया छोरीको बलत्कार

Tuesday, July 23, 2019 National Power

जनकपुरधाम – महोत्तरीमा एक महिलाले छोरीको इज्जत आफ्नै सामुन्ने लुटाएकी छन् । १२ बर्षीया छोरीलाई भारतको राजधानी दिल्ली लगेर १५ दिनसम्म आफ्ना प्रेमीलाई बलात्कार गर्न दिएको घटना डेढ महिनापछि बाहिर आएको छ । पीडित बालिका भंगहा नगरपालिका ६ की हुन् । उनले प्रहरी समक्ष भनेकी छन्, ‘आमाकै सामुन्ने मसँग सियारामले शारीरिक सम्बन्ध बनाउँदा अहिले रोगी भएकी छु ।’

पीडित बालिकाकी आमा र भंगहाकै ४० बर्षीया सियाराम महतोबीच अवैध सम्बन्ध थियो । महिलाकी श्रीमान अपाङ्गता भएका थिए र मानसिक सन्तुलत गुमेपछि वेपत्ता भए ।त्यसपछि उनले सियारामको घरमा काम गर्न थालेकी थिइन् । त्यसक्रममा उनीहरूबीच प्रेम सम्बन्ध रहेको बताइन्छ । २७ जेठमा ती महिला छोरीलाई लिएर रोजगारी गर्न जनकपुरस्थित जेठी दिदी कहाँ जाने भन्दै हिँडिन् । तर एक सातासम्म घर नआएपछि उनकी दिदीले खोजी थालिन्।

सबैतिर सोधीखोजी गर्दा पनि आमा छोरीको पत्ता लागेन। दिल्लीमै काम गर्ने भंगहाकै एक व्यक्तिले आमा छोरीलाई देखेपछि गाउँमा खबर पठाए । खबर आएको केहि दिनमै महिलाले दिदीलाई फेसबुकमा भिडियो कल गरिन् र आफूहरु ठीक रहेको बताइन् । यसको दुई दिनपछि सियाराम र आमा बाहिर गएको मौका छोपी बालिकाले जेठी आमालाई फोन गरेपछि पोल खुल्यो ।

उनले आमाछोरीलाई नेपाल ल्याई दिन सियारामका बुवा रामअशिष महतो र उनकै आफन्त पर्ने स्थानीय नेता रामजतन महतोलाई आग्रह गरे । ‘उनीहरुले प्रहरीमा उजुरी नगर्ने शर्तमा नेपाल ल्याइदिने बताए’ बालिकाकी जेठी आमाले भनिन् । असार १६ गते आमा छोरी नेपाल आए । यौन शोषणमा परेकी बालिकाले न्यायका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा असार २२ गते उजुरी दिएकी छन् । सियाराममाथि दिल्ली लगेर १७ दिनसम्म बन्धक बनाई बलात्कार गरेको तथा उनका बुबा रामअशिश महतो र स्थानीय रामजतन महतोमाथि घटनामा सहयोग गरेकोमा किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले बताए ।

उनकाअनुसार बालिकाले तीनै जना दिल्लीमा एकै ठाउँमा सुत्ने गरेको र बलात्कार गर्न आमाले सघाएको बयान दिएकी छन् । प्रहरी उजुरी परे लगतै सियाराम र बालिकाकी आमा भने फरार भएका छन् । उनीहरुको खोजी भइरहेको छ भने बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।

फरार भएकी महिलाले कान्छी छोरीलाई लिएर गएकी छन् । पीडित बालिका र उनका भाइ जेठी आमा कहाँ छन् । बालिका दिल्लीबाट फर्केदेखि नै उनको स्वास्थ्यमा समस्या देखिएको छ । उनको तल्लोपेट दुख्ने, टाउको दुख्ने, रिंगटा लाग्ने जस्तो समस्या देखिएको छ । उनकी जेठी आमाले बालिकाको उपचारमा सहयोग गरिदिन सम्बद्व सबै पक्षसँग आग्रह गरेकी छन् ।