Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

आमाले गराईन १२ वर्षिया छोरीको बलत्कार

Tuesday, July 23, 2019 National Power

जनकपुरधाम – महोत्तरीमा एक महिलाले छोरीको इज्जत आफ्नै सामुन्ने लुटाएकी छन् । १२ बर्षीया छोरीलाई भारतको राजधानी दिल्ली लगेर १५ दिनसम्म आफ्ना प्रेमीलाई बलात्कार गर्न दिएको घटना डेढ महिनापछि बाहिर आएको छ । पीडित बालिका भंगहा नगरपालिका ६ की हुन् । उनले प्रहरी समक्ष भनेकी छन्, ‘आमाकै सामुन्ने मसँग सियारामले शारीरिक सम्बन्ध बनाउँदा अहिले रोगी भएकी छु ।’

पीडित बालिकाकी आमा र भंगहाकै ४० बर्षीया सियाराम महतोबीच अवैध सम्बन्ध थियो । महिलाकी श्रीमान अपाङ्गता भएका थिए र मानसिक सन्तुलत गुमेपछि वेपत्ता भए ।त्यसपछि उनले सियारामको घरमा काम गर्न थालेकी थिइन् । त्यसक्रममा उनीहरूबीच प्रेम सम्बन्ध रहेको बताइन्छ । २७ जेठमा ती महिला छोरीलाई लिएर रोजगारी गर्न जनकपुरस्थित जेठी दिदी कहाँ जाने भन्दै हिँडिन् । तर एक सातासम्म घर नआएपछि उनकी दिदीले खोजी थालिन्।

सबैतिर सोधीखोजी गर्दा पनि आमा छोरीको पत्ता लागेन। दिल्लीमै काम गर्ने भंगहाकै एक व्यक्तिले आमा छोरीलाई देखेपछि गाउँमा खबर पठाए । खबर आएको केहि दिनमै महिलाले दिदीलाई फेसबुकमा भिडियो कल गरिन् र आफूहरु ठीक रहेको बताइन् । यसको दुई दिनपछि सियाराम र आमा बाहिर गएको मौका छोपी बालिकाले जेठी आमालाई फोन गरेपछि पोल खुल्यो ।

उनले आमाछोरीलाई नेपाल ल्याई दिन सियारामका बुवा रामअशिष महतो र उनकै आफन्त पर्ने स्थानीय नेता रामजतन महतोलाई आग्रह गरे । ‘उनीहरुले प्रहरीमा उजुरी नगर्ने शर्तमा नेपाल ल्याइदिने बताए’ बालिकाकी जेठी आमाले भनिन् । असार १६ गते आमा छोरी नेपाल आए । यौन शोषणमा परेकी बालिकाले न्यायका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा असार २२ गते उजुरी दिएकी छन् । सियाराममाथि दिल्ली लगेर १७ दिनसम्म बन्धक बनाई बलात्कार गरेको तथा उनका बुबा रामअशिश महतो र स्थानीय रामजतन महतोमाथि घटनामा सहयोग गरेकोमा किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले बताए ।

उनकाअनुसार बालिकाले तीनै जना दिल्लीमा एकै ठाउँमा सुत्ने गरेको र बलात्कार गर्न आमाले सघाएको बयान दिएकी छन् । प्रहरी उजुरी परे लगतै सियाराम र बालिकाकी आमा भने फरार भएका छन् । उनीहरुको खोजी भइरहेको छ भने बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।

फरार भएकी महिलाले कान्छी छोरीलाई लिएर गएकी छन् । पीडित बालिका र उनका भाइ जेठी आमा कहाँ छन् । बालिका दिल्लीबाट फर्केदेखि नै उनको स्वास्थ्यमा समस्या देखिएको छ । उनको तल्लोपेट दुख्ने, टाउको दुख्ने, रिंगटा लाग्ने जस्तो समस्या देखिएको छ । उनकी जेठी आमाले बालिकाको उपचारमा सहयोग गरिदिन सम्बद्व सबै पक्षसँग आग्रह गरेकी छन् ।