Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

विप्लव समूहले विष्फोटक पदार्थ ओसार्दा अर्को ‘दुर्घटना’

Saturday, July 20, 2019 National Power

काठमाडौं – कैलालीको धनगढी उपमहानगर–३, शहीद गेटमा भएको शक्तिशाली बम विष्फोटमा विप्लव समूहको संलग्नता देखिएको छ । बिहीबार साँझ निलम होटल अगाडि भएको विस्फोटमा ५ जना घाइते भएका छन् । घटनाको अनुसन्धानका लागि खटिएका प्रहरी अधिकृतहरुले विप्लव समूहको संलग्नता हुनसक्ने आशंका गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी सुदिप गिरीले बताए
। ग्यासको सिलिण्डर विष्फोट भएको आशंकामा प्रहरी टोली घटनास्थल पुगेको थियो । तर, घटनास्थलमा विष्फोट भएको स्टीलको टिफिन बक्सको अवशेष भेटिएको थियो ।

नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहले विष्फोट पदार्थ टिफिन बक्समा लुकाएर ओसार्न खोजेको र त्यसक्रममा विस्फोट भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । विस्फोटमा घाइते भएका बझाङका राम सिंह र कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला प्रतिवन्धित विप्लव समूहको कार्यकर्ता भएको खुलेको छ । घटनास्थलमा ९ एमएमको पुरानो चाइनिज पेस्तोल समेत भेटिएको छ ।