Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

सरकारविरुद्ध राष्ट्रिय व्यवसायी महासंघ सडकमा

Saturday, July 20, 2019 National Power

काठमाडौं -भेइकल ट्रयाकिङ सिस्टम तत्काल अनिवार्य नगर्न माग गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको न्यूरोडमा महासंघले प्रदर्शन गरेको हो ।
नयाँ आर्थिक वर्षको शुरुवातसँगै राजश्व अनुसनधान विभागले शुरु गरेको भेइकल ट्रयाकिङ सिस्टम एक वर्षलाई परीक्षणको रुपमा लागु गर्नु पर्ने माग गर्दै आएको महासंघले आफ्नो भनाई सरकारले नसुनेको भन्दै शुक्रबार प्रदर्शन गरेको हो ।
महासंघले यस अघि पनि विज्ञप्ती जारी गर्दै केहि समय परीक्षणको रुपमा काम गर्नु पर्ने बताएको थियो । तर साउन १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त सिस्टमको यद्घाटन गरेका थिए ।
राजश्व अनुसन्धान विभागले ३ महिनाको अवधिभरलाई परीक्षणको अवधि मान्ने बताएको छ । तर व्यवसायीहरुले भने परीक्षणको अवधि एक वर्ष हुनु पर्ने माग राख्दै आएका छन् । सरकारले ल्याएको नीतिलाई आफूहरुले स्वीकार गर्ने भए पनि परीक्षणको अवधि एकदमै थोरै भएको महासंघका अध्यक्ष नरशे कटुवालले बताए । न्यूरोडको विशाल बजारमा आयोजित कोषणसभालाई सम्वोधन गर्दै महासंघ अध्यक्ष कटुवालले भने, ‘सरकारको नीति आउनै हुँदैन भनेको होइन, कमसेकम हामीलाई सिक्ने अवधि त चाहिँयो नि ।’
अहिले मुलुकमा साक्षरताको अवस्था नै निकै कमजोर रहेको अझ प्रविधिमा त कमै मात्रै नागरिकको पहुँच पुगेको भन्दै उनले पहिले नसिकाई एक्कासी लागू गर्न नहुने बताए । धेरै व्यवसायीहरुको पहुँचमा कम्प्युटर र इन्टरनेटको पहुँच पुग्न अझै केहि समय लाग्ने भन्दै उनले कम्तिमा पनि एक वर्षको अवधि सरकारले दिनु पर्ने उनले बताए । सरकारले शुरु गरेको भेइकल ट्रयाकिङ सिस्टम तत्कालै अनिवार्य नगर्न अन्य संघ–संगठनहरुले पनि माग गर्दै आएका छन् ।
विभागले उक्त सिस्टमका लागि नयाँ सफ्टवेयर बनाएर कार्यान्वयन शुरु गरेको थियो ।

सरकारले ल्याएको नीतिलाई आफूहरुले स्वीकार गर्ने भए पनि परीक्षणको अवधि एकदमै थोरै भएको महासंघका अध्यक्ष नरशे कटुवालले बताए । न्यूरोडको विशाल बजारमा आयोजित कोषणसभालाई सम्वोधन गर्दै महासंघ अध्यक्ष कटुवालले भने, ‘सरकारको नीति आउनै हुँदैन भनेको होइन, कमसेकम हामीलाई सिक्ने अवधि त चाहिँयो नि ।’