Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

लोकसेवाको विज्ञापनविरुद्ध माइतीघरमा जुलुस

Tuesday, July 16, 2019 National Power

काठमाडौं – लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन आरक्षणविरोधी रहेको भन्दै आरक्षण बचाऔं आन्दोलनले मंगलबार कामठाडौंमा प्रदर्शन गरेको छ । माइतीघमरमा आयोजित प्रदर्शनमा दलित, जनजाति, मधेशी, महिला, मुस्लिम, अपांगता भएकाहरुलगायतका समुदाय सहभागी थिए । माइतीघरमा भेला हुनुअघि सुन्धारा, बानेश्वर र थापाथलीबाट र्‍याली निकालिएको थियो । संविधानअनुसार लोकसेवाले विज्ञापन सच्चाएर समावेशी विज्ञापन जारी नगरेसम्म आफूहरुको आन्दोलन नरोकिने आन्दोलनले बताएको छ । यदि अटेर गरी परीक्षा सञ्चालन गरे परीक्षा केन्द्रमा प्रदर्शन गर्ने र प्रश्नपत्र च्यात्नेसम्म उनीहरुले धम्की दिएका छन् ।

यसअघि आन्दोलनले सिठी जुलुस, राके जुलुस, पर्चा पम्प्लेट वितरण, माइतिघर मण्डलामा धर्नालगायतका कार्यक्रम गरिसकेको छ । स्थानीय तहमा कर्मचारी भर्नाको लागि लोक सेवा आयोगले नौ हजार १६१ जना कर्मचारीको लागि विज्ञापन जारी गरेको थियो । उक्त विज्ञापनमा संविधानअनुसार आरक्षणको व्यवस्था नगरिएको भन्दै सर्वोच्चमा समेत रीट दायर भएको छ । सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा सडक प्रदर्शन पनि भइरहेको छ ।