काठमाडौं – बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा बाढीले बगाउँदा १२ जना बेपत्ता भएका छन् । सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगेका छन् । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको स्थानीयले बताएका छन् । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क विहीन रहेको
काठमाडौं – काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा एक हप्ता निषेधाज्ञा थप गरिएको छ, तर अघिल्ला हप्ताहरुमा भन्दा केही खुकुलो बनाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी बुधबार साँझ एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गरेका छन् ।निषेधाज्ञा पहिलेको भन्दा खुकुलो बनाइएको छ । अब
काठमाडौं – उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । तर, यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ । एक प्रमुख जिल्ला अधिकारीका अनुसार त्यसबारे केहीवेरमा सूचना जारी गरेर जानकारी गराइनेछ ।औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि
काठमाडौं – भारत–चीन सीमाक्षेत्रमा भएको पछिल्लो झडपमा भारतको विशेष सृुरक्षा बलका एक सैनिकको मृत्यु भएको छ । द गार्जियनले उल्लेख गरे अनुसार शनिबार राति भएको झडपमा परी उनको मृत्यु भएको हो । भारत–चीन सीमामा ४८ घण्टाभित्र दुई झडप भएका थिए । पछिल्लो समय चीन र भारतीय सीमामा तनाव बढेको छ । दुई महिनाअघि दुई मुलुकका
काठमाडौं – काठमाडौंको शंखमुलमा ४० वर्षीय पुरुषले छोरीलाई बलात्कार गरेका छन् । ७ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्रेको छ । बालिकालाई ७ महिनादेखि बाबुले बलात्कार गर्दै आएका थिए । आमा रोजगारीका लागि खाडी मुलुकमा पसिना बगाउँदै थिइन् । क्राइसिस मेनेजमेन्ट सेन्टर ( सिसिएमसी) को समन्वयमा विदेशमा कोभिड–१९ का कारण अलपत्र नेपाली श्रमिकको
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई एक साताभित्र आयोगमा उपस्थित हुन सार्वजनिक सूचना निकालेको छ । कोरोना संक्रमणको जोखिमका कारण उजुरीहरुको छानबिनका क्रममा बयान लिने र सोधपुछ गर्ने काम अवरुद्ध भएका बेला अख्तियारले मिश्रलाई उपस्थितिका लागि सूचना निकालेको हो । एक दिनअघि मात्रै मिश्रले विज्ञप्ति जारी गरेर
भक्तपुर – पाटन अस्पतालमा उपचाररत मध्यपुर थिमि नगरपालिका–७, नगदेशका कोरोना संक्रमित ४० वर्षीय व्यक्तिको मृत्यु भएको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार भदौ २ देखि पाटन अस्पतालमा उपचाररत उनको मंगलबार राति मृत्यु भएको हो । भदौ १३ गते उनकी ६२ वर्षीया आमाको पनि कोरोना संक्रमणकै कारण पाटन अस्पतालमा मृत्यु भएको थियो । ‘आमालाई दमको समस्या
चौतारा- सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा गत साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । सत्र वर्षीय सुवास पाख्रिनको शव आज भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । पहिरामा बेपत्ता दुई जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेकोे प्रहरीले जनाएको छ ।
लन्डन – नेपालका लागि बेलायती पूर्वराजदूत रिचर्ड मोरिसको शव फेला परेको छ । गत मे ६ देखि बेपत्ता मोरिसको खोजीमा जुटेको ह्याम्पशायर प्रहरीले उनको शव एलिस होल्ट जंगलमा फेला पारेको बीबीसीले जनाएको छ । प्रहरीले उनको निधनलाई शंकास्पद मानेको छैन। प्रहरीले परिवारलाई अवगत गराइसकेको छ । बेलायतको फार्नहमनजिक बेन्टली क्षेत्रमा बस्दै आएका ५२ वर्षीय पूर्व
नयाँदिल्ली – भारतको सर्वोच्च अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै एक रुपैयाँ जरिवाना सुनाएको छ । सोमबार सर्वोच्च अदालतले फैसला सुनाउँलै भूषणलाई एक रुपैयाँ जरिवाना तिराउने फैसला सुनाएको हो । वरिष्ठ अधिवक्ताले भूषणले सर्वोच्चको फैसला आएलगत्तै आफ्ना सहकर्मीसमेत रहेका वरिष्ठ वकिल राजिव धवनले एक रुपैयाँ जरिवाना तिरिदिएको ट्वीटमार्फत जानकारी दिएका छन् । उनले सर्वोच्चको फैसलालाई