Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

काठमाडौंमा बाबुले गरे छोरीलाई बलात्कार, आमाद्वारा प्रहरीमा उजुरी

Wednesday, September 2, 2020 National Power

काठमाडौं – काठमाडौंको शंखमुलमा ४० वर्षीय पुरुषले छोरीलाई बलात्कार गरेका छन् । ७ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्रेको छ । बालिकालाई ७ महिनादेखि बाबुले बलात्कार गर्दै आएका थिए । आमा रोजगारीका लागि खाडी मुलुकमा पसिना बगाउँदै थिइन् । क्राइसिस मेनेजमेन्ट सेन्टर ( सिसिएमसी) को समन्वयमा विदेशमा कोभिड–१९ का कारण अलपत्र नेपाली श्रमिकको उद्धार शुरु भएपछि आमा गत साउनमा मात्रै स्वदेश फर्किएकी थिइन् ।छोरीले ‘योनी दुख्यो’ भन्न थालेपछि आमाले उनलाई अस्पताल लगिन् । अस्पतालमा छोरीले बाबुको कर्तुत खोलेपछि आमाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्र सिंह राठौरले  जानकारी दिए
बाबुलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको एसपी राठौरले बताए ।