Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

भारतीय सर्वोच्च अदालतको अवहेलना मुद्दामा प्रशान्त भूषणलाई एक रुपैयाँ जरिवाना

Monday, August 31, 2020 National Power

नयाँदिल्ली – भारतको सर्वोच्च अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै एक रुपैयाँ जरिवाना सुनाएको छ । सोमबार सर्वोच्च अदालतले फैसला सुनाउँलै भूषणलाई एक रुपैयाँ जरिवाना तिराउने फैसला सुनाएको हो । वरिष्ठ अधिवक्ताले भूषणले सर्वोच्चको फैसला आएलगत्तै आफ्ना सहकर्मीसमेत रहेका वरिष्ठ वकिल राजिव धवनले एक रुपैयाँ जरिवाना तिरिदिएको ट्वीटमार्फत जानकारी दिएका छन् । उनले सर्वोच्चको फैसलालाई स्वीकार गरेको पनि बताएका छन् ।

सर्वोच्चको फैसलाअनुसार भूषणले जरिवाना नतिरेको भए उनलाई तीन महिनासम्म जेल सजाय हुन सक्थ्यो । साथै उनलाई तीन वर्षसम्म वकालत अभ्यासमा पनि रोक लाग्न सक्थ्यो । सर्वोच्चले उनलाई सेप्टेम्बर १२ सम्म जरिवाना तिर्ने म्याद दिएको थियो । भारतीय सर्वोच्च अदालतले अधिवक्ता भूषणका दुई वटा ट्वीटले मानहानी भएको फैसला गरेको हो ।

अदालतले आफ्नो फैसलामा सन् २०१८ को जनवरीमा सर्वोच्चका चार जना न्यायाधीशको प्रेस कन्फरेन्स पनि गलत भएको बताएको छ । फैसलामा सर्वोच्च अदालतले न्यायाधीशलाई अभिव्यक्ति स्वतन्त्रता भए पनि पत्रकार सम्मेलनको अपेक्षा नगरिने बताएको छ । अदालतले २७ र २९ जुनमा भूषणले सर्वोच्च अदालत र प्रधानन्यायाधीश एसए बोब्डेलक्षित दुई वटा ट्वीटले मानहानी भएको ठहर गरेको हो ।

भारतीय सर्वोच्च अदालतको अवहेलना मुद्दामा प्रशान्त भूषण दोषी ठहर
भूषणले २७ जुनको ट्वीटमा प्रधानन्यायाधीश बोब्डेको तस्बिरमा हेल्मेट नलगाएको भन्दै टिप्पणी गरेका थिए । गत जुनको अन्तिम साता प्रधानन्यायाधीश बोब्डेको आफ्नो गृहनगर नागपुरमा निकै नै महँगो देखिने मोटरसाइकल चढेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उक्त तस्बिरमा बोब्डेले हेल्मेट लगाएका थिएनन् । भूषणले त्यही तस्बिरमाथि टिप्पणी गरेका थिए ।

पछि बोब्डेले रोकिराखेको मोटरसाइकलमा चढेको खुलेको थियो । त्यसैगरी २९ जुनको अर्को ट्वीटमा भने उनले पछिल्ला ६ वर्षमा संकटकालबिना नै लोकतन्त्र ध्वस्त पारिएको र त्यसका लागि सर्वोच्च अदालत र पछिल्ला चार जना प्रधानन्यायाधीशहरुको भूमिका रहेको दाबी गरेका थिए ।

भूषणको ट्वीटले अदालतको मानहानी भएको भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । त्यसपछि अदालतले भूषणसँग जवाफ मागेको थिए । जवाफमा भूषणले आफूले दुईवटा ट्वीटको केही अशंप्रति गल्ती स्वीकार गर्दै माफी मागेका थिए ।