जनकपुरधाम – महोत्तरीमा मंगलबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको मनरा सिस्वा नगरपालिका-३ का ७५ बर्षीय बृद्ध र बलवा नगरपालिका-३ का ७७ बर्षीय बृद्धको मृत्यु भएको हो । मनरा सिस्वाका बृद्धको जलेश्वर अस्पतालमा मंगलबार विहान साढे ११ बजे मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार केही दिनअघि मात्रै चितवनको
काठमाण्डाै- सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणबारे व्यापक अनुसन्धान भइरहेको छ । ८ जूनमा जब रिया सुशान्तको घरबाट निस्किएकी थिइन् तब उनले निर्देशक महेश भट्टसँग कुराकानी गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । उनले महेश भट्टसँग आफ्नो र सुशान्तको सम्बन्धबारे कुरा गरेको स्रोतले बताएको छ । उक्त च्याट भाइरल हुने बित्तिकै मानिसहरुले रिया आफैंले सुशान्तसँग
सुशान्त सिंह राजपूतको मामिलामा सर्वोच्च अदालतको निर्णय आएपछि बिहारका प्रहरी महानिर्देशक गुप्तेश्वर पाण्डेको रिया चक्रवर्तीमाथिको टिप्पणीले चर्चा बटुलिरहेको छ । सर्वोच्च अदालतले यो मामिला सिबिआईलाई सुम्पिएको छ र बिहार सरकारले सिबिआई जाँचको जुन सिफारिस गरेको छ त्यो ठिक भएको पनि बताएको छ । अदालतले पटनामा दर्ता गरिएको एफआइआरमा पनि केही गलत नभएको बताएको छ ।
काठमाडौं -संघीय संसद सदस्य यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अछाम-२ बाट निर्वाचित बोगटीले आफूलाई कोरोना संक्रमण भएको बताए ।ललितपुरमा उनी बस्ने टोलका एक जनालाई कोरोना संक्रमण भएपछि साउन ३० गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वाबको नमुना दिएका थिए । त्यसको पहिलो रिपोर्ट साउन ३२ गते आएको थियो, त्यतिबेला रिपोर्ट
अछाम — अछामको रामारोसन गाउँपालिकामा मंगलबार राति आएको बाढीले बगाएर ६ जनाको मृत्यु भएको छ भने थुप्रै घरसहित पुलसमेत बगाएको छ । बाढीले दर्जनौं परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी योगेन्द्रसिंह थापाका अनुसार ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका(३ रलेको लमतणा र सेरीमा
काठमाडौं- काठमाडौं उपत्यकामा आज मध्यरातिबाट निषेधाज्ञा जारी भएको छ । मध्यराति १२ बजेबाट भाद्र १० सम्म अत्यावश्यकबाहेकको अवस्थामा हिडडुल र सवारी सञ्चालन गर्न पनि नपाइने भएको छ । हिजो काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हुन् । उपत्यकामा एकै दिन दुई
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । यसअघि काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए । घिमिरेको १०१ वर्षको
काठमाडौं – अष्ट्रेलियामा एक व्यक्तिले आफ्नी श्रीमतीलाई मृत्युको मुखबाट निकालेपछि चर्चामा आएका छन् । स्थानीय रिपोर्टका अनुसार एक शार्कले उनकी श्रीमतीमाथि हमला गरेको थियो । त्यतिबेला उनी आफ्नो सर्फ बोर्डबाट र्शाकमाथि बर्सिए र श्रीमतीलाई नछोडेसम्म शार्कलाई मुक्का हानिरहे । घटना त्यतिबेला भयो जब ३५ वर्षकी शानटेल डायल न्यू साउथ वेल्समा पोर्ट मेकवोरीको शेली बीचमा सर्फिङ
काठमाडौं – भक्तपुरको चाँगुनारायणमा एक महिला मृतावस्थामा फेला परेकी छिन् । चाँगुनारायण नगरपालिका स्थित वडा नम्बर ७ र ८ को सिमाना पर्ने मुलसाँघु खोलाको किनारमा अन्दाजी ३० वर्षकी एक महिलाको शव भेटिएको हो । सोमबार बिहान करिब पानै ११ बजेतिर महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक महिलाको शवको पहिचान भइसकेको छैन
सिन्धुपाल्चोक — जुगल गाउँपालिका–२ लिदी, लामागाउँमा गएको पहिरोका मृतकको संख्या २२ पुगेको छ । सोमबार बिहान थप तीन शव फेला परेका हुन् । बेपत्ता ३९ जनामध्ये आइतबार बेलुकीसम्म १९ शव भेटिएका थिए । सोमबार पहिरोले पुरिएको अवस्थामा थप तीन शव फेला परेको र सनाखतसमेत भइसकेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ । अहिलेसम्म ३६ वर्षीया