एजेन्सी – सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्स मामिलामा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले आइतबार रिया चक्रवर्तीसँग सोधपुछ गर्नेछ । एनसीबीले आइतबार बिहान नै उनलाई घर पुगेर समन पठाएको थियो । ड्रग्स मुद्दामा अहिलेसम्म सुशान्तका सहयोगी दिपेश सावन्त, अब्दुल बासित, जैद विलात्रा, शोविक चक्रवर्ती रियाका भाइ, स्यामुअल र अब्बास लखानीको गिरफ्तारी भइसकेको छ । कैजान
काठमाडौं – भारतले आफ्नो मातहतको गोर्खाली सेनालाई नेपालको घनिष्ठ मित्र चीनका विरुद्ध प्रयोग गर्न लद्दाखमा हालै तैनाथ गरेको विषयप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आपत्ति जनाएको छ । भारतले चिनियाँ सैनिकविरुद्ध विकास बटालियन, ३÷९ जिआर र ४÷१ जिआरका झण्डै चार हजार गोर्खाली सैनिक परिचालन गरेर नेपाल–चीन सम्बन्धमा अप्ठ्यारो र धाँजा पार्ने डरलाग्दो खेल खेल्न खोजेको मोर्चाको
काठमाडौं-प्रहरीले सामूहिक बलात्कार गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार गर्ने मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाहीलाई बिहीबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले एक महिलामाथि सामूहिक
धुलिखेल- नेपाली सेनाका एकजना मेजरले आफ्नै काकालाई ज्यान मार्ने धम्की दिएका छन् । देबिदत्त गणमा कार्यरत मेजर राजु केसीले काका गोविन्द केसीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिएका हुन् । धुलिखेल नगरपालिका ४ का गोविन्द केसीलाई सामाजिक सञ्जालमार्फत उनका भतिजाले अब धेरै दिन छैन भनी ज्यान मार्ने धम्की दिएका हुन् । दुवैबीच जग्गासम्बन्धी विवाद छ
काठमाडौँ – बिहीबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित प्रहरीको संख्या एक हजार ९५४ पुगेको छ । जसमध्ये ८१३ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् भने एक हजार १४१ जना उपचाररत छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार उपत्यकामा प्रहरीमा कोरोना संक्रमणदर उच्च छ । उपत्यकामा मात्रै ५५६ जना प्रहरी कर्मचारी संक्रमित भएका छन् । प्रहरी प्रधान
पोखरा- बागलुङ ढोरपाटनमा गएको बाढीको क्षति र स्थलगत निरीक्षणमा गएका गृहमन्त्री रामबहादुर थापाको टोली पहिरो प्रभावित क्षेत्र नजिकै पुगेर फर्किएको छ । मौसमका कारण घटनास्थलमा जान सक्ने अवस्था नभएको भन्दै नजिकै पुगेर हेलिकप्टरबाट पोखरा फर्किएका हुन् । बागलुङको ढोरपाटन नगरपालिको वडा नं। ७, ८ र ९ का क्षेत्रमा बाढीका कारण ८ जनाको शव भेटिएको छ
काठमाडौं- स्थानीय युवा र गुठीयारहरूले रातो मच्छिन्द्रनाथको रथ तानेर पुल्चोकको बीच सडकमा ल्याएका छन्। लामो समयदेखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथलाई निषेधाज्ञाकै बीच तानिएको हो। मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलन कारण अधीर भएका स्थानीय सयौंको संख्यामा पुल्चोकमा जम्मा भएका थिए। रथ तान्ने क्रम अहिले पनि जारी छ। प्रहरीले सुरूमा रोक्न खोजे पनि सयौंको
काठमाडौं- निशेधाज्ञा तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरा छाडेका छन्। आक्रोशित भीडले प्रहरीको गाडीमाथि ढुंगा हानेका छन्। केही प्रहरी घाइते भएका छन्। निशेधाज्ञामा सुनसान रहने पुल्चोकको बीच सडक यति बेला तनावपूर्ण छ। अघिसम्म रथ तान्न भेला भएका स्थानीयलाई प्रहरीले तितरबितर पारेका छन्। सडकको बीचमा ठूलो संख्यामा
सुर्खेत – हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटको ठूलो गाउँमा आगलागीबाट ६ घर नष्ट भएका छन् । स्थानीय जोखे जैसीको घरबाट सल्किएको आगोले आसपासका ६ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआइजी) बसन्तकुमार पन्तले जानकारी दिए । बुधबार साँझ ६ बजे जोखे जैसीको घरबाट सल्किएको आगोले छिमेकी हरीभक्त जैसी, मथान जैसी, अनिलाल जैसी,
नवलपरासी- पूर्वी नवलपरासीको कावासोती नगरपालिका १७ मा मंगलबार बेलुका जंगली बदेलको आक्रमणमा परेर दुई जना घाईते भएकाछन् । आफ्नै बारीमा घास काट्न जाने क्रममा बारीमा लुकेर बसेको जंगली बदेलले ३२ वर्षीय बुहारी दिलमाया ठकुरी र ६६ वर्षीय ससुरा विष्णु बहादुर ठकुरीलाई आक्रमण गरेको थियो । बदेलको आक्रमणबाट बुहारी दिलमायाको शरीरका विभिन्न भागमा गंभीर चोट लागेको