Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सेक्युरिटी प्रेस खरिद प्रकरण : मिश्रलाई उपस्थित हुन अख्तियारको सूचना

Wednesday, September 2, 2020 National Power


काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई एक साताभित्र आयोगमा उपस्थित हुन सार्वजनिक सूचना निकालेको छ ।

कोरोना संक्रमणको जोखिमका कारण उजुरीहरुको छानबिनका क्रममा बयान लिने र सोधपुछ गर्ने काम अवरुद्ध भएका बेला अख्तियारले मिश्रलाई उपस्थितिका लागि सूचना निकालेको हो । एक दिनअघि मात्रै मिश्रले विज्ञप्ति जारी गरेर आफूले अख्तियारलाई अनुसन्धानमा सहयोग गर्ने बताएका थिए । अडियो रेकर्ड गर्ने उपकरण जापानमा रहेकाले त्यही लिन आफू जापान आएको भन्दै उनले लकडाउनका कारण फर्किन नपाएको बताएका थिए ।सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग सेक्युरिटी प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँको मोलमोलाईको अडियो सार्वजनिक भएपछि मिश्रसमेत विवादमा तानिएका थिए । घटनापछि बास्कोटाले राजीनामा दिएका छन् । मिश्र भने जापान पुगेका छन् ।
केही दिनअघि कान्तिपुरले बाँस्कोटालाई सफाई दिने तयारी भन्ने समाचार प्रकाशित भएपछि यो विषय सतहमा आएको हो । अख्तियारमा छानबिन भइरहेको यो अनुसन्धान अघि बढ्न मिश्रले अडियो टेपको सनाखत गर्नुपर्ने कानुनी बाध्यता रहन्छ ।