Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

कोरोनाले आमा बितेको चार दिनपछि संक्रमित छोराको पनि मृत्यु

Wednesday, September 2, 2020 National Power


भक्तपुर – पाटन अस्पतालमा उपचाररत मध्यपुर थिमि नगरपालिका–७, नगदेशका कोरोना संक्रमित ४० वर्षीय व्यक्तिको मृत्यु भएको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार भदौ २ देखि पाटन अस्पतालमा उपचाररत उनको मंगलबार राति मृत्यु भएको हो ।

भदौ १३ गते उनकी ६२ वर्षीया आमाको पनि कोरोना संक्रमणकै कारण पाटन अस्पतालमा मृत्यु भएको थियो । ‘आमालाई दमको समस्या थियो, छोरामा भने अन्य कुनै रोग पत्ता लागेको थिएन,’ श्रेष्ठले भने । ती व्यक्तिकी गर्भवती श्रीमतीसहित परिवारका ६ जनामा पनि कोरोना संक्रमण देखिएको र उनीहरू सबै होम आइसोलेसनमा रहेको श्रेष्ठले जानकारी दिए ।
यससँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । तीमध्ये पाँच पुरुष र चार महिला छन् ।