Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

रियाका वकिलले भने, ‘उनी गिरफ्तारीका लागि तयार’

Sunday, September 6, 2020 National Power

एजेन्सी – सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्स मामिलामा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले आइतबार रिया चक्रवर्तीसँग सोधपुछ गर्नेछ । एनसीबीले आइतबार बिहान नै उनलाई घर पुगेर समन पठाएको थियो । ड्रग्स मुद्दामा अहिलेसम्म सुशान्तका सहयोगी दिपेश सावन्त, अब्दुल बासित, जैद विलात्रा, शोविक चक्रवर्ती रियाका भाइ, स्यामुअल र अब्बास लखानीको गिरफ्तारी भइसकेको छ । कैजान इब्राहिमलाई पनि पक्राउ गरिएको थियो तर शनिबार उनले अदालतबाट जमानत पाएका छन् ।

रियाका वकिलले भने, ‘प्रेम गर्नु अपराध हो त उनी यसको सजाय भोग्नेछिन्’ रियाका वकिल सतिश मानशिंदेले भने, ‘रिया गिरफ्तार हुनका लागि तयार छिन् । यदि कसैलाई प्रेम गर्नु अपराध हो भने उनी प्रेमको नतिजा भोग्नेछिन् । उनी निर्देष छिन् त्यसैले उनले पुलिस, सिबिआई, ईडी र एनसीको सामना गरिन् तर कुनै अग्रिम जमानतका लागि कुनै अदालतको ढोका ढक्ढकाइनन् ।’