Tuesday 28th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सेनाका मेजर राजु केसीले काका गोविन्दलाई ज्यान मार्ने धम्की दिए

Friday, September 4, 2020 National Power

धुलिखेल-  नेपाली सेनाका एकजना मेजरले आफ्नै काकालाई ज्यान मार्ने धम्की दिएका छन् । देबिदत्त गणमा कार्यरत मेजर राजु केसीले काका गोविन्द केसीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिएका हुन् ।

धुलिखेल नगरपालिका ४ का गोविन्द केसीलाई सामाजिक सञ्जालमार्फत उनका भतिजाले अब धेरै दिन छैन भनी ज्यान मार्ने धम्की दिएका हुन् ।

दुवैबीच जग्गासम्बन्धी विवाद छ । धुलिखेल नगरपालिका वडा नम्बर ४ स्थित बासघारीमा एक बर्ष अगाडी नेपाली सेनाका मेजर केसीले उनकी श्रीमतीको नाममा १२ आना १ पैसा जग्गा खरिद गरेको ३६ दिनपश्चात सधीयार केसीलाई जग्गाको विषयमा भनी बारम्बार धम्काउन सुरु गरेको पिडीत गोविन्द केसीले बताए । गोविन्द के।सीले उक्त साधमा २०५४ साल भाद्र १६ गते देखी नगरपालिकाबाट घरको सम्पन्नता प्रमाण–पत्र लिएर बसेको बताएका छन् ।

‘घरको सम्पन्नता प्रमाण–पत्र लिएर बसेपनी घरको दुई कोठामा आफुनो जग्गा पर्छ भन्दै मेजर राजु केसीले धम्काउँदै आएको गोविन्दले बताए । विगतमा पनि आफूलाई बारम्बार धम्की दिएपछि उजुरी गरेको उनको भनाई छ ।