Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

कोरोना संक्रमित प्रहरीको संख्या १ हजार ९५४ पुग्यो, कुन प्रदेशमा कति ?

Thursday, September 3, 2020 National Power

काठमाडौँ – बिहीबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित प्रहरीको संख्या एक हजार ९५४ पुगेको छ । जसमध्ये ८१३ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् भने एक हजार १४१ जना उपचाररत छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार उपत्यकामा प्रहरीमा कोरोना संक्रमणदर उच्च छ । उपत्यकामा मात्रै ५५६ जना प्रहरी कर्मचारी संक्रमित भएका छन् ।

प्रहरी प्रधान कार्यालय र प्रहरी अस्पतालमा गरी ८४ जना संक्रमित भएको प्रहरी प्रवक्ता तथा प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० कुवेर कडायतले जानकारी दिए । कडायतका अनुसार त्यसैगरी उपत्यकामा ट्राफिक प्रहरीसहित ४७२ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसबाट सातैवटै प्रदेशका कार्यरत प्रहरी कर्मचारीहरु पनि संक्रमित भएका छन् । सबैभन्दा बढी प्रदेश १ मा १९८ जना प्रहरी संक्रमित भएका छन् ।

त्यस्तै प्रदेश २ मा ११५, बागमती प्रदेशमा ५५, गण्डकी प्रदेशमा ८७, ५ नम्बर प्रदेशमा ७८, कर्णाली प्रदेशमा ३७ र सूदूरपश्चिम प्रदेशमा १३ प्रहरी संक्रमित भएका छन् ।

हालसम्म नेपालमा ४१ हजार ६४९ जना संक्रमित भएका छन् भने २३ हजार २९० निको भएका छन् । यस्तै २५१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।