एजेन्सी- मुम्बई स् बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राविरुद्ध ठगीको आरोपमा प्रहरीमा उजुरी परेको छ। समाचारअनुसार दुवैविरुद्ध सुनको अफर प्रकरणमा एक लगानीकर्ताले ठगीको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन्। एनआरआई सचिन जोशीले खार पुलिसमा हालै शिल्पा दम्पतीविरुद्ध उजुरी दिएका हुन्। उजुरीमा शिल्पा दम्पती आबद्ध सतयुग गोल्ड प्रालिले ठगेको जोशीले आरोप लगाएका छन्।
धादिङ- भर्खरै ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ । ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए । नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । अहिले
काठमाडौं – संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति मिसनका लागि लिबिया जान लागेका नेपाली सेनाको केही सैनिक जवानहरूमा कोरोना संक्रमण देखिएपछि उडान स्थगित भएको छ । काभ्रेपालाञ्चोकको पाँचखास्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम समाप्त गरी क्वारेन्टिनमा रहेका सैनिक जवानहरु मध्ये उडान पूर्व गरिएको कोरोना परीक्षणमा केही सैनिकमा कोरोना संक्रमण देखिएको सहायक रथी सन्तोष राज
सरकारले कोरोना संक्रमण नफैलियोस भनेर मिलाएर व्यवस्थित तरिकाले काम गर्ने वातावरण मिलाईदिएको समेत प्र।जि।अ। दाहालले स्पष्ट पार्नुभयो । सरकारको लागि आदेश मान्नु भन्दा पनि आफनो र समाजको लागि कोरोना नफैलियोस भनेर मान्न जरुरी रहेको उहाँको सुझाव छ । आदेश पालना गरे नगरेको विषयमा बजारमा अनुगमनको साथै रिर्पोटिङ भईरहेको समेत प्र.जि।अ. दाहालले जानकारी दिनुभयो । सरकारले
डोल्पा- यहाँको ठूलीभेरी नगरपालिका–८ मा पर्ने रुपगाढ खोलाको काठेपुल भाँच्चिएको छ । गत सोमबार बिहान त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीबाट खाद्य सामग्री बोकेर सदरमुकाम दुनैतर्फ आउँदै गरेको ट्र्याक्टरको भार थाम्न नसकेर पुल भाँच्चिएको हो । बीचमा पुगेलगत्तै काठको पुल भाँच्चिएपछि ट्र्याक्टर पनि बीचमै फसेको स्थानीयवासी बिर्खबहादुर रोकायले जानकारी दिनुभयो । पुल भाँच्चिएपछि सवारी साधन आवतजावत ठप्प
एजेन्सी-कोरोनाभाइरसलाई नियन्त्रण गर्नका लागि इजराइलले पुनः देशभरी लकडाउनको घोषणा गरेको छ । यहूदी नयाँ वर्षदेखि नयाँ प्रतिबन्ध लागू हुनेछ । इजराइलमा दोस्रो लकडाउन शुक्रबारदेखि सुरु हुनेछ र तीन हप्तासम्म चल्नेछ । प्रधानमन्त्री बिन्यामिन तेनन्याहूले यो कदमको आफूहरुले भारी मूल्य चुकाउनु पर्ने बताएका छन् । इजराइलमा अब दैनिक चार हजारको हाराहारीमा संक्रमित भेटिएका छन् । लकडाउन
पर्वत – फलेवास नगरपालिका-४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । नवीन विकको घर पुरिँदा उनकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो । आइतबार राति २ बजेदेखि घरमाथिबाट खसेको पहिरामा पुरिएकी बालिकालाई बिहान करिब ७ बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेका हुन् । परिवारका अन्य व्यक्ति भने पहिरो खसिरहेका अवस्थामा भागेर
एजेन्सी- प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा रहेको एउटा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् । धेरै दिनको भारी वर्षापछि पहिरोको कारण दक्षिण किवु प्रान्तको कमितुगा सहरमा शुक्रबार भएको उक्त घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । प्रान्तीय गभर्नर थेओ एनग्वाबिड्जे कासीले शनिबार बिहान एक विज्ञप्तिमार्फत् घटनाको पुष्टि
भारत -आज १३ सेप्टेम्बर । सन् २००८ मा भारतको राजधानी दिल्लीमा शृङ्खलाबद्ध रुपमा आतङ्कवादी हमला हुँदा २६ जनाको ज्यान गयो भने ७० भन्दा बढी व्यक्ति घाइते भए । साँझ ६ बजेर ७ मिनेट जाँदा गफ्फार मार्केटमा पहिलो बम पड्किएको थियो । त्यसको केही समयलगत्तै कनाट प्यालेसका दुई फरक स्थानमा राखिएको बम पड्कियो । त्यपपछि ग्रेटर
झापा – प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एकै दिन सात जनालाई पक्राउ गरेको छ । दमक नगरपालिकाबाट चार केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीको विशेष टोलीले चार केजी २५ ग्राम गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश