Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

हुम्लाको रोडिकोटमा ६ घर जलेर नष्ट

Thursday, September 3, 2020 National Power

सुर्खेत – हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटको ठूलो गाउँमा आगलागीबाट ६ घर नष्ट भएका छन् । स्थानीय जोखे जैसीको घरबाट सल्किएको आगोले आसपासका ६ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआइजी) बसन्तकुमार पन्तले जानकारी दिए ।

बुधबार साँझ ६ बजे जोखे जैसीको घरबाट सल्किएको आगोले छिमेकी हरीभक्त जैसी, मथान जैसी, अनिलाल जैसी, देवीसिङ जैसी र रुपकला जैसीको घर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

आगो आज बिहान २ बजे नियन्त्रणमा आएको छ । अगलागीबाट भएको क्षतिको विवरण एकिन नभएको प्रहरीले जनाएको छ । यसैबीच कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले हुम्लाका अग्नि पीडितलाई प्रदेश सरकारले तीन महिना पुग्ने खाद्यान्न उपलब्ध गराउने बताएका छन् ।

‘अग्नि पीडितहरुलाई तत्काल राहत र उद्धारको खाँचो छ,’ मन्त्री भण्डारीले भने, ‘प्रदेश सरकारकातर्फबाट हामी तत्काल कम्तीमा तीन महिना पुग्ने खाद्यान्न सहायोग गछौं ।’ वस्ती व्यवस्थापनका लागि केन्द्र सरकारसँग समन्वय गर्ने मन्त्री भण्डारीले बताए । आगलागीको अवस्था बुझेर के गर्न सकिन्छ भन्नेबारेमा सरकारले थप योजना बनाउने उनको भनाइ छ ।