Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

धार्मिक / रासिफल

नरक चतुर्दशी, कुकुर तिहार

१ कात्तिक, काठमाडौँ  – नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् एवम्

तिहार सुरु, पहिलो दिन आज काग तिहार

३१ असोज, काठमाडौं – नेपालीको दोस्रो ठूलो चाड तिहार मंगलबारदेखि सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु भएको तिहार कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । तिहारको पहिलो दिन मंगलबार काग तिहार, कात्तिक १ गते बुधबार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक २ गते बिहीबार कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा, कात्तिक ३ गते शुक्रबार कार्तिक शुक्ल

हिन्दू राष्ट्रको माग गर्दै ज्ञापनपत्र

२४, असोज बाजुरा  –  राष्ट्रिय प्रजातन्त्र पार्टी बाजुराले हिन्दू राष्ट्र कायम गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीमार्फत ज्ञापनपत्र बुझाएको छ । देशव्यापीरुपमा हिन्दू राष्ट्र कायम गर्न माग भएपनि अहिलेको सरकारले कुनै चासो नदेखाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पत्र बुझाएको जिल्ला कार्यसमिति संयोजक उमेशजंग शाहीले जानकारी

आज महालक्ष्मीको पुजा आराधना गरिदै

१९ असोज,काठमाण्डौ  – आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आरधना

 दशैँमेला

१९ असोज ,अछाम – कोजाग्रत पूर्णिमाको दिन आज जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–४, तिमिल्सैनमा भव्य दशैँमेला लागेको छ । हरेक वर्ष तिमिल्सैनमा कोजाग्रत पूर्णिमाको दिन राँगा बोकाको बलिसहित दशैँमेला लाग्ने गर्दछ । मेलामा ऐतिहासिक सांस्कृतिक देउडा नाच, न्याउलेलगायत खेलमालका कार्यक्रम हुने गर्दछन् भने स्थानीय उत्पादनको व्यापारसमेत हुने गर्दछ । भक्तजनले पूजापाठसँगै आफूले भाकल गरेका राँगा बोकाको बलिसमेत

आदिनाथको  एकमहिने मेला शुरु

१९ असोज ,काठमाडौँ – काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आजदेखि एकमहिने मेला शुरु भएको छ ।प्रत्येक वर्ष आश्विन शुल्क पूर्णिमादेखि कात्तिक शुल्क पूर्णिमासम्म मेला लाग्ने गर्दछ । मेला भर्नका लागि काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट भक्तजन आउने गर्दछन् । उक्त मन्दिरमा मेला भरेमा ठूलाठूला रोग नलाग्ने, कुष्टरोग निको हुने जनविश्वास छ । पारिवारिक सुख,

गच्छदारद्वारा मुस्लिम समुदायप्रति इदको शुभकामना

१८ भदौ, काठमाडौं – उपप्रधानमन्त्री तथा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इदका अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेका छन । उनले आज एक शुभकामना सन्देश दिँदै मुस्लिम दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति र समृद्धिको कामना गरेका छन । यसै अवसरमा राष्ट्रिय मुस्लिम आयोगले पनि शुभकामना दिँदै यस

थकाली समुदाय फालो पर्व मनाउँदै

१४ भदौ, मुस्ताङ – थकाली समुदायले मनाउँदै आएको परम्परागत कुमार यात्रा अर्थात् फालो पर्व शुरु भएको छ। थाक सात सय अन्तर्गतको १३ गाउँ मुखिया थकाली समुदायको यो पर्व थकाली समुदायको उद्गम स्थल थासाङ गाउँपालिकाको वडा न.२ कोवाङमा मंगलबार सुरु भएको हो। हरेक वर्ष भाद्र शुक्ल पक्षमा अनुराधा नक्षत्रका दिनदेखि तीन दिनसम्म फालो पर्व मनाउने प्रचलन

राष्ट्रिय पण्डित सम्मेलन सुरु

  १३ भदौ, काठमाण्डौ – राष्ट्रिय धर्मसभा नेपालको आयोजनामा चौथो राष्ट्रिय पण्डित सम्मेलन सोमबार देखि काठमाण्डौको महेश्वरी सदन कमलपोखरीमा सुरु भएको छ । राष्ट्रिय धर्मसभा नेपालले बिगत ३ बर्षदेखी पण्डित सम्मेलन गर्दै आईरहेको छ । धार्मिक सांस्कृतीक कृत्य र पण्डित पुरोहीत आम नेपाली जनता र हरेक घर परीवार संग प्रत्यक्ष्य सरोकार राख्ने बिषय भएकाले यसलाई

पशुपतिमा भक्तजनको भिड

८ भदौ, काठमाडौ –  हरितालिका (तीज) का अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । भक्तजन बिहान २ बजेदेखि नै लाममा बसेपछि नै ३ बजे पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति मन्दिरभित्र प्रवेशका लागि तीनवटा लाइनको व्यवस्था गरिएको कोषका निर्देशक एवं मन्दिर तथा गुठी