Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

थकाली समुदाय फालो पर्व मनाउँदै

Wednesday, August 30, 2017 National Power


१४ भदौ, मुस्ताङ – थकाली समुदायले मनाउँदै आएको परम्परागत कुमार यात्रा अर्थात् फालो पर्व शुरु भएको छ। थाक सात सय अन्तर्गतको १३ गाउँ मुखिया थकाली समुदायको यो पर्व थकाली समुदायको उद्गम स्थल थासाङ गाउँपालिकाको वडा न.२ कोवाङमा मंगलबार सुरु भएको हो। हरेक वर्ष भाद्र शुक्ल पक्षमा अनुराधा नक्षत्रका दिनदेखि तीन दिनसम्म फालो पर्व मनाउने प्रचलन छ। गौचन, तुलाचन, शेरचन र भट्टचन थरका ५ देखि १३ वर्ष मुनिका छेवार गरिसकेका कुमारहरुलाई यात्रामा सहभागी गराइन्छ। चार ‘चन’मा जन्मिएका छोराहरु कुमार यात्रा (स्योपेन) मा सहभागी भएपछि भगवान् नरिच्हेबको आशीर्वादले जीवनका लागि सक्षम र योग्य भएको सांस्कृितक मान्यता पाउने थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले जानकारी दिए।