Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

आदिनाथको  एकमहिने मेला शुरु

Thursday, October 5, 2017 National Power

१९ असोज ,काठमाडौँ – काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आजदेखि एकमहिने मेला शुरु भएको छ ।प्रत्येक वर्ष आश्विन शुल्क पूर्णिमादेखि कात्तिक शुल्क पूर्णिमासम्म मेला लाग्ने गर्दछ । मेला भर्नका लागि काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट भक्तजन आउने गर्दछन् ।

उक्त मन्दिरमा मेला भरेमा ठूलाठूला रोग नलाग्ने, कुष्टरोग निको हुने जनविश्वास छ । पारिवारिक सुख, समृद्धि कायम हुने स्थानीय बूढापाका बताउँछन् ।

आदि नर र आदि नारीका रुपमा अभिव्यक्त भएको मूर्तिलाई आदिनाथ भनेर पुज्ने गरिन्छ । पुजारी सरोज शाक्यका अनुसार उक्त स्थानमा प्रत्येक वर्ष चैतेदशैका दिन पनि मेला लाग्ने गर्दछ । यो एक महिनाको अवधिमा भक्तजन निर्जला वर्त पनि बस्ने गर्छन् । पुरातत्व विभागले मन्दिर जीर्ण भएका कारण मर्मत सम्भार पनि गरेको छ ।