Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

गच्छदारद्वारा मुस्लिम समुदायप्रति इदको शुभकामना

Sunday, September 3, 2017 National Power

१८ भदौ, काठमाडौं – उपप्रधानमन्त्री तथा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इदका अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेका छन ।

उनले आज एक शुभकामना सन्देश दिँदै मुस्लिम दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति र समृद्धिको कामना गरेका छन । यसै अवसरमा राष्ट्रिय मुस्लिम आयोगले पनि शुभकामना दिँदै यस पर्वले सम्पूर्ण नेपालीहरूमा धार्मिक एवम् सामाजिक सद्भाव स्थापित भई देशमा राष्ट्रिय एकता कायम हुने विश्वास व्यक्त गरेको छ ।