३० साउन, काठमाडौं – सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै पुजा आराधना गर्दैछन्। पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन्। लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको बताइन्छ। कंसको कालकोठरीमा वासुदेव र
१ साउन, काठमाडौं – सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यसलाई कर्कट संक्रान्ति भनिन्छ। निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्वपूर्ण दिनका रूपमा लिइएको छ। साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्त्व रहेको बताइन्छ। साउने संक्रान्तिका दिन बिहान सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण
३० असार – बोस्टनमा आगामी अगष्ट ६ देखि १२ सम्म साताव्यापी बहुधार्मिक, बहुसांस्कृतिक तथा आध्यात्मिक महोत्सव हुंदैछ । उक्त महोत्सवलाई ‘श्रीमद्भागवत सप्ताह ज्ञान माहायज्ञ तथा बृहत आध्यात्मिक महोत्सव–बोस्टन सप्ताह २०१७’ भनिएको छ ।बोस्टन सप्ताह २०१७ मा नेपाल लगायत विश्वभरीका नेपाली समुदायवीच अत्यन्तै लोकप्रीय युवा पण्डित, वाचनप्रवीण श्री दीनबन्धु पोख्रेलद्वारा श्रीमद्भागवतको प्रवचन हुने छ । बोस्टन
१२ असार, काठमाडौं – मुस्लिम समुदायले पवित्र एकमहिने रोजा ब्रत पूरा भएको खुशीयालीमा सोमबार देशभर इद उल फितर मनाउँदैछ । अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन सोमबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फितर पर्व मनाइँदैछन् । खुशीपूर्वक दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फितर
२३ जेठ, रसुवा – पवित्र तीर्थ गोसाइँकुण्डमा लाग्ने यस वर्षको गङ्गादशरा पर्वमा झण्डै पाँच हजार भक्तजनले मेला भरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । मेला अवधिभर यही जेठ १२ गते पहिलो दिन एक महिला भक्तजनको डुबेर निधन भएको र अन्य सबै यात्रु सकुशल फर्किएको प्रहरी प्रमुख फणीन्द्र प्रसाईंले बताए । गङ्गादशहरा पर्वअन्तर्गत तीर्थ गर्न
२१ जेठ, डोटी – सुदूरपश्चिमको धार्मिक एवम पर्यटकीय स्थल खप्तडमा दशहरा अर्थात गंगा दशहरा मेला आजदेखि सुरु भएको छ । माइकास्थान, सहस्त्रलिङ, नागढुंगा, खप्तड बाबा कुटी, खप्तड दह, सीतापाईला र त्रिवेणी स्नान घाटमा दर्शनार्थीको घुइँचो लागेको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरु बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको संगम क्षेत्रमा रहेको खप्तडमा मेला भर्नकालागि देशका विभिन्न
१७ जेठ, काठमाडौं – नेवार समुदायले आज सिथि नख मनाइरहेका छन् । आजका दिन चतामरी, मास, सानो केराउ, मुगि लगायत गेडागुडीबाट बनाइने विशेष प्रकारको ६ किसिमका रोटीसहित ६ किसिमकै तरकारी चढाएर कार्तिकेय कुमार र भूमिको विशेष पूजा गरिन्छ । सिथि नख हरेक वर्षको जेष्ठ शुक्ल षष्ठीका दिन मनाइने गरिन्छ । त्यस्तै आजका दिन नेवार समुदायले
१४ जेठ, नेपालगन्ज – ईस्लाम धर्मावलम्बीहरुको मुख्य पर्व रमजान नेपालमा आजदेखि सुरु भएको छ । रमजान आजदेखि सुरु भएपनि रमजानको तराबी भने हिजोदेखि सुरु भएको छ । नेपालगन्जका मुस्लिम अगुवाका अनुसार मुस्लिम बाहुल्य अन्य मुलुकमा हिजो देखि नै रमजान सुरु भएपनि नेपालमा शुक्रबार बेलुका चन्द्रमा नदेखिएका कारण आजदेखि रमजान सुरु भएको हो । हिजरी सम्वतको
१२ जेठ, रसुवा – आजदेखि गंगादशहरा मेला सुरु भएको छ । हरेक वर्ष जेष्ठ प्रतिपदादेखि दशमीसम्म लाग्ने गंगादशहरा मेला भर्नका लागि एक साता अघिदेखि नै तिर्थालु भक्तजन गोसाईकुण्ड जान थालेका छन् । आजदेखि सुरु भएको गंगादशहरा मेला २१ गतेसम्म चल्ने गोसाईकुण्ड क्षेत्र विकास समितिले जानकारी दिए। गएको वर्षको तुलनामा यस वर्ष तिर्थयात्री बढ्ने अनुमान गरिएको
२१ बैशाख, जनकपुर – जनकपुरमा बिहीबार जानकी नवमी एवं जानकी जन्मोत्सव मनाईंदैछ । आदर्श नारी सीताको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार हरेक वर्ष जानकी नवमी मनाउँने गरिन्छ । जानकी नवमीको अवसरमा बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर लगायतका मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको भीड लागेको छ । यो भन्दा