Sunday 5th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

आप्रवासी प्रतिबन्धमाथि रोक लगाउने न्यायाधिसको आदेशविरुद्ध ट्रम्पको अपिल

Sunday, February 5, 2017 National Power

माघ २३, अमेरिका  – अमेरिकाको न्याय विभागले राष्ट्रपति डोनल्ड ट्रम्पको सात मुस्लिम देशका नागरिकमाथि अमेरिका प्रवेशमा रोक लगाउने निर्णयलाई निलम्बन गर्ने अदालती प्रक्रियाविरुद्ध अपिल गरेको छ ।

योभन्दा पहिले सिएटलका एक न्यायाधिसले शुक्रबार सात मुश्लिम बाहुल्यता भएको देशका मानिसहरुलाई अमेरिका आउन रोक लगाउने ट्रम्प प्रशासनको निर्णयमाथि अस्थायी रोक लगाएका थिए ।

अब ट्रम्प प्रशासनले यो कदम फेडरल न्यायाधिसको निर्णय उल्ट्याउने उद्देश्यसहित चालेको हो ।

trumpनिषेध गरिएका सात देशका भीसाधारीहरुले अमेरिका प्रवेशमा संघर्ष गर्नुपरिरहेको छ । साथै, उनीहरुसँग अमेरिका प्रवेशका लागि सिमित विकल्प मात्र बाँकी छन् ।

पछिल्लो हप्ता ट्रम्पको यो प्रतिबन्धपश्चात् अमेरिकामा सार्वजनिक विरोध प्रदर्शन भए र हवाई अड्डामा निकै हलचलको माहौल देखिएको थियो ।

ट्रम्प प्रशासनको यो निर्णयपछि करिब ६० हजार भिसा रद्द गरिसकिएको छ ।

शनिबार न्यायाधिस जेम्स रोबर्टको निर्णयलाई ट्रम्पले ‘हाँस्यास्पद’ बताएका थिए ।

ट्रम्प प्रशासनको कार्यकारी आदेश अनुसार इराक, सिरिया, इरान, लिबिया, सोमालिया, सूडान र यमनका कोही पनि नगरिक ९० दिनसम्म अमेरिका प्रवेश गर्न पाउने छैनन् ।

यसै आदेश अनुसार अमेरिकी शरणार्थी प्रवेश कार्यक्रमलाई १२० दिनसम्मका लागि निलम्बित गरिएको छ । साथै सिरियाली शरणार्थीहरुलाई अमेरिका प्रवेशमा अनिश्चितताका लागि रोक लगाइएको छ ।