Wednesday 8th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

इरानमा ग्यास विस्फाेट, पाँचकाे मृत्यु

Friday, February 10, 2017 National Power

इरानको दक्षिणी क्षेत्रमा अवस्थित एक कृषि अनुसन्धान स्थलमा भएको ग्यास विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको इरानको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । घटनामा नौ जना घाइते भएको जनाइएको छ ।

प्रारम्भिक अनुसन्धानपछि इरानी प्रहरीले घटना सुरक्षाप्रति संवेदनशील नबन्दा भएको जस्तो देखिएको भन्दै अनुसन्धानपछि विस्तृत विवरण बाहिर आउने बताएको छ ।

तेहरानको तल्लो क्षेत्रमा भएको एक आगलागीमा परी २६ जना इरानी नागरिक र १६ जना अग्नी नियन्त्रकको मृत्यु भएको एक महिना बित्न नपाउँदै यो दुःखद घटना भएको भन्दै राजधानीवासीले नागरिकको सुरक्षाप्रति संवेदनशील बन्न सम्बद्ध सबैसँग आग्रह गरेका छन् । रासस÷एपी