Sunday 5th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

घानामा राष्ट्रपति कार्यालयबाटै कार गायब

Saturday, February 11, 2017 National Power

घानाका राष्ट्रपतिको कार्यालयबाट दुई सयवटा कारण आश्चर्यजनकरुपले गायब भएका छन् । हराएका कारहरु खोज्ने प्रयास जारी रहेको सरकारले जनाएको छ ।

डिसेम्बरमा चुनाव जितेपछि सत्ताधारी पार्टीले कारहरुको गणना गराएको थियो । सत्ता परिवर्तनपछि सरकारी गाडी फिर्ता नगर्ने अधिकारीहरुको गाडी जफत पनि गरिएको थियो ।

अघिल्लो सरकारका सञ्चारमन्त्री ओमाने बोआमाहले भने नयाँ सरकारको गाडी खरिद योजनालाई सही ठहर्‍याउन यो चाल चलिएको आरोप लगाएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता यूगीन आर्हिनका अनुसार अधिकारीहरुले अहिलेसम्म निम्न कारहरु मात्र फेला पारेका छन् ।

– राष्ट्रपति कार्यालयको १९६ टोयोटा ल्यान्डक्रुजरमा केवल ७४ वटा
– ७३ वटा टोयोटा ल्यान्डक्रुजर प्राडोमा केवल २० वटा
– २० वटा मर्सिडिजमा केवल ११ वटा
– २८ वटा एभेलोन्समा केवल २ वटा
– ६ वटा बिएमडब्लुमा केवल २ वटा

घानाको रेडियो स्टेसन सिटी एफएमका अनुसार गाडीहरु गायब भएकाले राष्ट्रपतिले दश वर्ष पुरानो बीएमडब्लु प्रयोग गर्नुपरेको छ । पत्रकारहरुलाई जानकारी दिदै राष्ट्रपति कार्यालयका प्रवक्ताले बताएअनुसार कार्यालयसँग तीन सय कार छन् । तर ती कारहरु कसरी प्रयोग गरिन्छन् भन्ने उनले खुलाएनन् ।

न्यू पेट्रियाटिक पार्टीका नाना अकूफो एड्डोले डिसेम्बरमा भएको राष्ट्रपति चुनावमा जीत हासिल गरेका थिए । उनले नेशनल डेमोक्रेटिक कांग्रेसका जोन महामालाई हराएका थिए ।