Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

तिम्राे पर्खाल तिमि अाँफै बनाउः मेक्सिकाे

Thursday, January 26, 2017 National Power

अमेरिकाले सीमा क्षेत्रमा बनाउन भनेको पर्खालको खर्च नव्यहोर्ने मेक्सिकोले घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मेक्सिकोको सीमामा पार गर्न नसकिने पर्खाल बनाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । र, यो पर्खाल बनाउन लाग्ने अर्बौं रकम मेक्सिको सरकारले व्यहोर्नु पर्ने उनले बताएका छन् ।

तर, मेक्सिकोका राष्ट्रपति एनरिक पेना निएटोले पर्खाल बनाउने योजनाप्रति ‘शोक’ व्यक्त गरेका छन् । र, भनेका छन्, ‘मेक्सिको पर्खालमा विश्वास गर्दैन ।’

तर, उनले जनवरी ३१ का लागि तय भएको अमेरिकी राष्ट्रपतिसँगको भेट रद्ध गरेको वा सारेको केही बताएका छैनन् ।