Tuesday 7th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

चिसाेले अफगानिस्तानमा २७ काे ज्यान लियाे

Friday, January 27, 2017 National Power

१४ माघ (अफगानिस्तान)-अफगानिस्तानमा अत्याधिक चिसो मौसमका कारण कम्तीमा २७ जना बालबालिकाको मृत्यु भएको छ । जाउजान प्रान्तको दार्जाब जिल्लामा चिसोले उनीहरुको मृत्यु भएको जिल्लाका गभर्नर रहमातुल्लाह हसारले बिहीबार जानकारी दिनुभएको छ ।

“अत्याधिक चिसोका कारण निर्दोष २७ जना बालबालिकाको ज्यान गएको छ, हिमपातले गर्दा गाँउदेखि स्वास्थ्य केन्द्रसम्मको सडक सम्पर्कपनि बिच्छेद भएको छ,” हसारले सिन्ह्वालाई बताउनुभयो ।

हिमपात विगत केही दिनदेखि नै भइरहेको र कतिपय ठाउँमा ५० सेन्टिमिटरसम्म हिँउ जमेकोले हिँडडुल गर्न पनि धेरै गाह्रो भइरहेको छ । द्वन्द्वग्रस्त मुलुकको यस क्षेत्रमा खाद्य असुरक्षाको समस्या पनि उत्तिकै रहेको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवता मामिला समन्वय कार्यालयले अफगानिस्तानी नागरिकलाई सहयोग गर्न आह्वान गरेको छ । अफगानिस्तानको तीन करोड जनसङ्ख्यामध्ये १५ लाख ७० जनता खाद्य असुरक्षामा रहेका छन् भने एक मिलियन बालबालिकामा कुपोषणको समस्या रहेको छ । रासस/सिन्ह्वा