Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

चीनले नेपालमा प्रत्यक्ष बैदेशिक लगानी बढायो : टाइम्स अफ इन्डिया

Tuesday, February 7, 2017 National Power

२५ माघ, नयाँ दिल्ली । चीनले नेपालमा प्रत्यक्ष बैदेशिक लगानी (एफडीआई) बढाएका कारण उसको आर्थिक प्रभाव नेपालमा निरन्तर रुपमा बढिरहेको एक भारतीय अखबारले उल्लेख गरेको छ ।

टाइम्स अफ इन्डियाले नेपाली अधिकारीहरुलाई उल्लेख गर्दै चालु आर्थिक वर्षमा चीनले नेपालमा ६८ प्रतिशतभन्दा एफडीआईको प्रतिवद्धता रहेको समाचारलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ ।

आर्थिक वर्ष २०१५-२०१६ मा चीनको नेपालमा एफडीआई ४० प्रतिशत रहेको सो अखबारको भनाइ छ । “नेपालको उद्योग विभागका अनुसार नेपालको चालु आर्थिक वर्षमा प्रतिवद्धता गरिएको ७६.३९ मिलियन अमेरिकी डलरमध्ये चीनको मात्र ५१.७७ मिलियन अमेरिकी डलर हिस्सा रहेको छ,” सो रिपोर्टमा भनिएको छ । तर, भारत भने एफडीआईमा तेस्रो स्थानमा रहेको छ ।

भारतीय अधिकारीहरुले भने आफूहरुले काठमाडौंलाई गर्ने सहयोगलाई एफडीआई मात्रमार्फत मापन गर्न नसकिने बताएका छन् । उनीहरुले भारतले नेपाललाई प्रत्येक वर्ष ५०-७० मिलियन डलरको सहयोग गरिरहेको बताएका छन् ।

गत वर्ष नेपालले बेलायत, अमेरिका, जापान,चीन र स्वीटजरल्याण्डलाई पाँच उत्कृष्ट द्वीपक्षीय सहयोग गर्ने मुलुकको रुपमा घोषणा गरेको र पाँच वर्षको दौरानमा भारतलाई पहिलोपटक यो सुची बाहिर राखिएको सो अखबारले उल्लेख गरेको छ ।

नेपालको अर्थमन्त्रालयको रिपोर्टलाई उल्लेख गर्दै गत वर्ष भारतले नेपाललाई दिने द्वीपक्षीय सहयोग सन् २०१४-२०१५ मा ४७ मिलियन अमेरिकी डलरबाट २२ मिलियन अमेरिकी डलरमा घटेको थियो । तर भारतीय विदेश मन्त्रालयले यो तथ्याङकलाई गलत रुपमा प्रस्तुत गरेको बताएको सो अखबारको रिपोर्टमा उल्लेख छ ।

उसले सो आर्थिक वर्षमा भारतले नेपालाई झण्डै ७० मिलियन अमेरिकी डलर उपलब्ध गराएको भारतीय अधिकारीहरुले भनेको सो अखबारले जनाएको छ ।