Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

इटालीमा एकैदिन १९६ को मृत्यु

Thursday, March 12, 2020 National Power

रोम — विश्वव्यापी रूपमा फैलिइरहेको नोबल कोरोना (कोभिड–१९) संक्रमितको संख्या युरोप र अमेरिकामा ह्वात्तै बढेको छ । युरोपेली देशहरू इटाली, जर्मनी, बेलायत र फ्रान्स सबैभन्दा बढी प्रभावित भएका छन् ।

कोभिड–१९ का कारण इटालीमा हालसम्म ८ सय २७ जनाको ज्यान गइसकेको छ भने १२ हजार ४ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ । इटालीमा बुधबार मात्रै थप १९६ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय १३ जनामा संक्रमण देखिएको छ । संक्रमण अनियन्त्रित भएसँगै तीन दिनयता इटालीले सबै सीमा बन्द गरिसकेको छ । चीनपछि सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ ।

जर्मन चान्सलर एन्जेला मर्केलले ५ करोड ८० लाख मानिस कोभिड–१९ को संक्रमणको जोखिममा रहेको बताएकी छन् । उक्त संख्या देशको जनसंख्याको करिब ७० प्रतिशत हो । स्पेनमा हालसम्म २ हजार २ सय ७७ र फ्रान्समा २ हजार २ सय ८१ जना संक्रमित भइसकेका छन् । बिहीबार बिहानसम्म स्पेनमा ५५ र फ्रान्समा ४८ जनाको मृत्यु भएको छ ।