Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

बास्कोटाले घुस मागेकाले विष्फोट : विप्लव समूह

Wednesday, March 11, 2020 National Power

काठमाडौं –  पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाको घरमा विष्फोट गराइएको प्रकरणमा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी भन्ने विप्लव समूह संलग्न रहेको देखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले प्रतिबन्धित समूह घटनामा संलग्न रहेको देखिएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले घटनास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘प्रतिबन्धित समूहलाई लक्षित गरेर अनुसन्धानको दायरालाई साँघुरो बनाएका छौं ।’ प्रहरीको यही भनाइलाई बल पुर्‍याउने गरी समूहको मुखपत्र इरातो खबर डटकमले पर्चा सार्वजनिक गरेको छ ।

घटनास्थलमा छाडिएको भनिएको पर्चामा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले करबाही गरिएको भनिएको छ । पर्चामा दश वटा तर्क अघि सारिएको छ । बुँदागत रुपमा विष्फोटकको कारण उल्लेख गर्दै भनिएको छ, ‘२४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौं रकम भ्रष्टाचार गरेकाले, १९ अर्बको फोरजी सेवा विस्तारका दौरान करोडौं रकमको दुरुपयोग गरेकाले, १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौं कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भूमिका खेलेकाले ।’

सरकारको प्रवक्ता पदको समेत दुरुपयोग गरेको दाबी गरिएको छ । साथै, समूहमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बास्कोटा बनेको पनि दाबी गरिएको छ ।