Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

प्रहरीले बरामद गरेको १० लाख मास्क साझा औषधि पसलबाट बेच्ने तयारी

Monday, March 16, 2020 National Power

काठमाडौं – कालोबजारी गरेको अभियोगमा बरामद भएका मास्कहरु सरकारले साझा औषधि पसलबाट बेच्ने तयारी गरेको छ । कोरोना भाइरसको जोखिम बढेसँगै मास्कको माग बढ्दो छ । तर चीनबाट आपूर्ति रोकिएको छ भने भएका मास्कमा कालोबजारी भइरहेको छ । ४र५ रुपैयाँमा पाइने मास्कलाई ५० रुपैयाँसम्म लिन थालेपछि प्रहरीले सर्च अपरेसन चलाएर बरामद गर्न थालेको छ ।

तर बरामद भएका मास्क गोदाममा थन्किएका छन् । किनकी यसमा पक्राउ परेकाहरुलाई कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अनुसार मुद्दा चलाइनछ र मुद्दाको टुंगो नगिसकेपछि मा जफत गरिएका वस्तु सरकारबाट बिक्री गर्न सकिने ऐनमा उल्लेख छ । तर महान्यायाधिवक्ता अग्नि खरेलले यसलाई सच्याउन पहल थालेका छन् । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली र सम्वद्ध अधिकारीहरुलाई छलफलमा बोलाएका उनले बरामद भएका मास्क तत्काल बजारमा पठाउन उपायको खोजीबारे परामर्श थालेका हुन् ।

स्रोतकाअनुसार उनले कालोबजारी गरेको अभियोगमा अहिलेकै प्रक्रिया अनुसार मुद्दा चलाउने तर बरामद भएको वस्तु तत्काल बजारमा पठाउन लिखित निर्देशन नै दिने तयारी गरेका छन् । बरामद भएका मास्कहरु साझा औषधि पसलबाट बिक्री गर्ने तयारी छ ।

प्रहरीले चैत २ गते कपनको मिलन चोकबाट १ लाख ६८ हजार थान मास्कसहित ५ जनालाई पक्राउ गरेको थियो । उनीहरुसँग सोधपुछको क्रममा काठमाडौं महानगरपालिका १० विष्णुमति पुलस्थित रोहित श्रेष्ठको घर भाडामा लिई राखेको आरडीजी सप्लायर्स कम्पनीको गौदामबाट ८ लाख ४० हजार थान मास्क बरामद गरिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

यो समूहबाट अहिलेसम्म १० लाख ८ हजार थान मास्क बरामद भएको प्रहरीले जनाएको छ ।