Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

स्पेनमा कोरोना भाइरसको संक्रमणबाट २१ वर्षीय फुटबल प्रशिक्षकको मृत्यु

Tuesday, March 17, 2020 National Power

म्याड्रिड — स्पेनको एउटा स्थानीय क्लबका फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोना भाइरस९कोभिड–१९० को संक्रमणबाट सोमबार मृत्यु भएको छ । मलागास्थित एट्लेटिको पार्ताडा अल्टामा युवा टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका गार्सियाको २१ वर्षको उमेरमा निधन भएको हो ।

पछिल्लो साता श्वासप्रश्वासमा समस्या आएपछि उनी जँचाउन अस्पताल जाँदा कोरोनाको संक्रमण पुष्टि भएको हो । उनी पहिलेदेखि नै रक्तअल्पताबाट ग्रसित रहेको चिकित्सकले जानकारी दिएका छन् । रक्तअल्पताका रोगी नभएको भए उनलाई बचाउन सकिने कुरा पनि चिकित्सकले जनाएका छन् । उनलाई मालागाको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको संक्रमण भएको उनलाई चिकित्सकहरुले बचाउन सकेनन् । मालागा क्षेत्रमा कोरोनाबाट संक्रमित हुने उनी पाँचौ र युवामध्येबाट पहिलो व्यक्ति हुन् ।

गार्सिया सन् २०१६ बाट ‘एट्लेटिको पार्ताडा अल्टा’ मा प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका थिए । उनको मृत्युसँगै क्लबले एक विज्ञप्तिमा लेखेको छ, ‘हामी तिमीलाई कहिल्यै बिर्सने छैनौं । तिम्रो आत्माले शान्ति पाओस् ।’