Tuesday 28th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

अमेरीकामा कारोनाबाट ११५ को मृत्यु

Wednesday, March 18, 2020 National Power

काठमाडौं –  कोरोना भाइरस कोभिड–१९ अमेरिकाको सबै राज्यमा फैलिएको छ । मंगलबार अमेरिकाको वेस्ट भर्जिनियामा यो भाइरसको बिरामि फेला परेसँगै यो भाइरस अमेरिकाको ५० वटै राज्यमा फैलिएको हो । अहिलेसम्म यो भाइरसको कारण अमेरिकामा मृत्यु हुनेको संख्या ११५ पुगिसकेको छ । साथै संक्रमितको संख्या पनि ६५०० नाघिसकेको छ । विश्वभर यो भाइरसबाट करिब २ लाख मानिस संक्रमित भइसकेका छन् भने करिब ८ हजार मानिसको ज्यान गइसकेको छ ।

कोरोना भाइरसको कारण अहिले समग्र विश्व प्रभावित भइरहेको अवस्थामा अमेरिकाको पनि आर्थिक क्षेत्रमा यसको नकारात्मक असर पर्न सक्ने वश्लिेषकहरुले चेतावनी दिएका छन् । आर्थिक क्षेत्रमा सुधारको लागि अमेरिकाले १० खर्ब डलरको आर्थिक सहायता कोषको प्रस्ताव अघि सारेको छ ।

अमेरिकी अर्थमन्त्री स्टिभिन म्नुशिनले रिपब्लिकका सांसदहरुलाई बोलाएर यो विधेयक संसद्मा पारित नभए अमेरिकाको बेरोजगारी २० प्रतिशतसम्म पुग्ने चेतावनी दिएका छन् । यसअघि केन्द्रीय बैंक फेडेरल रिजर्भले कोरोना भाइरसको अमेरिकामा पर्न सक्ने नकारात्मक असर न्यूनीकरणको लागि ७ खर्ब डलरको आर्थिक सहायता कोष ल्याउनुका साथै ब्याजदर पनि शून्यको हाराहारीमा झार्ने निर्णय गरेको थियो ।