रोम — कोरोना भाइरस९कोभिड–१९० को संक्रमणबाट बुधबार इटालीमा हलिेसम्मकै बढी ४७५ जनाको मृत्यु भएको छ । इटालीको सिभिल प्रोटेक्सन एजेन्सीका अनुसार पछिल्लो चौबिस घण्टामा मात्रै ४७५ जनाको मृत्यु र थप चार हजार २ सय ७ जनामा संक्रमण देखिएको हो । बिहीबार बिहानसम्म इटालीमा मात्रै कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ। त्यस्तै संक्रमितको संख्या भने ३५ हजार ७ सय १३ रहेको छ। संक्रमितमध्ये करिब ४ हजार निको भएको एजेन्सीले जनाएको छ।
त्यस्तै बुधबार चीनमा भने भाइरसको संक्रमण कम हुँदै गएको छ। बुधबार चीनमा थप ८ जनाको मृत्यु भएको छ भने थप ३४ जनामा संक्रमण देखिएको छ। तर संक्रमितमध्ये ३४ जना नै बाहिरबाट आएका नागरिक भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ। संक्रमितमध्ये २१ जना बेइजिङका रहेका छन्। बिहीबार बिहानसम्म चीनमा मृतकको संख्या ३ हजार २ सय ४५ पुगेको छ भने संक्रमितको संख्या ८० हजार ९ सय २८ पुगेको छ।
त्यस्तै बिहीबारसम्म कोभिड–१९ को संक्रमणबाट इरानमा एक हजार एक सय ३५, स्पेनमा ६३८, फ्रान्समा २६४, अमेरिकामा १५५, बेलायतमा १०४, दक्षिण कोरियामा ९१, नेदरल्यान्ड्समा ५८, जापानमा ३२, जर्मनीमा २८, इन्डोनेसियामा १९ र फिलिपिन्समा १७ जनाको मृत्यु भएको छ।