Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

२४ घण्टामा झण्डै ६ सयको मृत्यु

Wednesday, March 18, 2020 National Power

काठमाडौं –  कोरोना भाइरस (कोभिड–१९) को महामारी अहिले समग्र युरोपभर फैलिएको छ । चीनबाट फैलिएको यो भाइरसको कारण अहिले युरोपमा दैनिक हजारौं मानिसमा नयाँ संक्रमण देखिइरहेको छ । साथै नयाँ मृत्यु हुनेमा पनि युरोप अगाडि छ । मंगलबार विश्वभर कोभिड–१९ का १५ हजाभन्दा बढी नयाँ संक्रमित देखिएका छन् । यसमध्ये करिब ११ हजार नयाँ संक्रमण युरोपमा देखिएको छ । यस्तै ५ सय बढीको मृत्यु भएको छ । चीनपछिको सबैभन्दा प्रभावित मुलुक इटालीमा भाइरसको कारण मृत्यु हुनेको संख्या २ हजार ५०० कटिसकेको छ । मंगलबार एकै दिन इटालीमा यो भाइरसको कारण ३४५ जनाको ज्यान गएको थियो ।

त्यस्तै, यूरोपको दोस्रो सबैभन्दा प्रभावित मुलुक स्पेनमा पनि अहिले यो भाइरसको कारण मृत्यु हुनेको संख्या ५३३ पुगिसकेको छ । मंगलबार मात्र स्पेनमा १ हजार ८०० भन्दा धेरै नयाँ संक्रमित देखिएका थिए । त्यस्तै जर्मनीमा पनि मंगलबार करिब २ हजार १०० मानिसमा नयाँ संक्रमित देखिएका छन् । मंगलबार भाइरसको कारण जर्मनीमा नौ जनाले ज्यान गुमाएका थिए । त्यस्तै फ्रान्समा पनि एक हजारभन्दा धेरै संक्रमित पाइएका छन् भने २७ जनाले ज्यान गुमाएका थिए ।

बेलायतमा पनि मंगलबार १६ जनाको ज्यान गएको थियो भने झण्डै ५०० जनामा नयाँ संक्रमण देखिएको छ । एकै दिनमा ११ हजारभन्दा बढी मानिसमा नयाँ संक्रमण देखिनुले युरोपमा कोभिड–१९ को प्रकोप र त्रास झनै बढाएको छ । यो भाइरस नियन्त्रणको लागि भन्दै युरोपेली मुलुकले ३० दिनका लागि आफ्नो मुलुकमा आउजाउ गर्न प्रतिबन्ध लगाएका छन् ।

त्यस्तै यो भाइरसको कारण धराशयी बनेको अर्थतन्त्रमा सुधारको लागि भन्दै बेलायतले ४ खर्ब डलरको सहुलियत ऋणको योजना अघि सारेको छ । अर्थमन्त्री ऋषि सुनाकले कमजोर आर्थिक अवस्था भएका मुलुकलाई उक्त ऋण प्रदान गरिने बताएका हुन् ।