Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

आजदेखि गंगादशहरा मेला सुरु

Friday, May 26, 2017 National Power

१२ जेठ, रसुवा – आजदेखि गंगादशहरा मेला सुरु भएको छ । हरेक वर्ष जेष्ठ प्रतिपदादेखि दशमीसम्म लाग्ने गंगादशहरा मेला भर्नका लागि एक साता अघिदेखि नै तिर्थालु भक्तजन गोसाईकुण्ड जान थालेका छन् ।

आजदेखि सुरु भएको गंगादशहरा मेला २१ गतेसम्म चल्ने गोसाईकुण्ड क्षेत्र विकास समितिले जानकारी दिए। गएको वर्षको तुलनामा यस वर्ष तिर्थयात्री बढ्ने अनुमान गरिएको छ । गएको वर्ष दशहरा मेलाका लागि ३ हजार भन्दा बढी भक्तजन आएका थिए । कुण्डमा स्नान गरी गोसाईवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ वर्षेनी हजारौैँ हजार भक्तजनहरु कुण्डमा स्नान गर्न आउने गर्दछन् ।
पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानव बिच लडाई हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरि विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आएर गोसाईवावा भगवान शिव शंकरले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशुल धाराको उत्पति भई त्रिशुल धाराको पानीबाट गोसाईकुण्डको उत्पति भएको भन्ने किवंदन्ति रहेको पाईन्छ ।
जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तिर्थस्थल गोसाईकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरि वर्षको दुई पटक तिर्थयात्रीहरुले मेला भर्ने गरेका छन् ।