Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

ईस्लाम धर्मावलम्बीको रमजान नेपालमा आजदेखि सुरु

Sunday, May 28, 2017 National Power

१४ जेठ, नेपालगन्ज – ईस्लाम धर्मावलम्बीहरुको मुख्य पर्व रमजान नेपालमा आजदेखि सुरु भएको छ । रमजान आजदेखि सुरु भएपनि रमजानको तराबी भने हिजोदेखि सुरु भएको छ ।

नेपालगन्जका मुस्लिम अगुवाका अनुसार मुस्लिम बाहुल्य अन्य मुलुकमा हिजो देखि नै रमजान सुरु भएपनि नेपालमा शुक्रबार बेलुका चन्द्रमा नदेखिएका कारण आजदेखि रमजान सुरु भएको हो । हिजरी सम्वतको ८ औं महिना रजबुल मुरज्जबको समाप्तीको भोलिपल्टदेखि रमजानुल मुबारकको महिना सुरु हुन्छ । अन्तिम दिन ईदको रुपमा मनाइन्छ ।
रमजानको महिनामा इस्लाम धर्मावलम्वीहरु बिहान सूर्य उदाएदेखि सूर्यास्त नहुँञ्जेलसम्म प्रत्येक दिन एक महिनासम्म केही नखाइकन व्रत बस्ने गर्छन् ।