Monday 2nd March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

आज नेवार समुदायले सिथि नख पर्व मनाउँदै

Wednesday, May 31, 2017 National Power

१७ जेठ, काठमाडौं – नेवार समुदायले आज सिथि नख मनाइरहेका छन् । आजका दिन चतामरी, मास, सानो केराउ, मुगि लगायत गेडागुडीबाट बनाइने विशेष प्रकारको ६ किसिमका रोटीसहित ६ किसिमकै तरकारी चढाएर कार्तिकेय कुमार र भूमिको विशेष पूजा गरिन्छ ।

सिथि नख हरेक वर्षको जेष्ठ शुक्ल षष्ठीका दिन मनाइने गरिन्छ । त्यस्तै आजका दिन नेवार समुदायले देवाली पूजाको पनि समापन गर्ने गर्दछन् । आज नै काठमाडौंको जैसीदेवलमा रहेको ६ वटा टाउको भएको कार्तिकेय कुमारलाई खटमा राखेर बेलुकामा नगर परिक्रमा गरेर जात्रा गरिन्छ ।

यस्तै भक्तपूरको चासखेलमा चण्डेश्वरी देवी र गएको आइतबार महास्नान गरिएका थिमिका लोकेश्वरको पनि जात्रा हुन्छ । सिथि नखका दिन हरेक वर्ष पानीको श्रोतलाई पुन सरसफाई गर्नु पर्दछ र आफू बसेको वातावरणलाई सरसफाई गरेमा सभ्यताको विकास हुन्छ भन्ने मान्यताका साथ  पानीको श्रोत इनार, कुवाको पनि सरसफाई गरिन्छ । इनारको विशेष पूजा गरी इनार भित्र गएर पनि सफा गरिन्छ ।

सफा गरिसकेपछि चार दिनसम्म इनारबाट पानी तानिदैन, छोपेर राखिन्छ । चार दिनमा फेरि पूजा गरेर मात्र पानी लिने चलन छ । अझै पनि नेवार समुदायमा इनार सफा गर्नको लागि यही विशेष दिन पर्खिने परम्परा छ ।

अहिलेको मौसममा पानीको सतह कम हुने भएकोले सफा गर्न सहज हुने भएकोले अग्रजहरुले यो दिनलाई उपयुक्त मानेको हुन सक्ने अनुमान स्थानीय समुदाय गर्ने गर्दछ । यस पर्वसँगै १५ दिन बिराएर आउने चाडपर्वको क्रम समापन हुन्छ भने गठेमङ्गलबाट यो क्रम सुरु हुन्छ ।