Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

साताव्यापी बहुधार्मिक, बहुसांस्कृतिक तथा आध्यात्मिक महोत्सव हुंदै

Friday, July 14, 2017 National Power

३० असार – बोस्टनमा आगामी अगष्ट ६ देखि १२ सम्म साताव्यापी बहुधार्मिक, बहुसांस्कृतिक तथा आध्यात्मिक महोत्सव हुंदैछ ।

उक्त महोत्सवलाई ‘श्रीमद्भागवत सप्ताह ज्ञान माहायज्ञ तथा बृहत आध्यात्मिक महोत्सव–बोस्टन सप्ताह २०१७’ भनिएको छ ।बोस्टन सप्ताह २०१७ मा नेपाल लगायत विश्वभरीका नेपाली समुदायवीच अत्यन्तै लोकप्रीय युवा पण्डित, वाचनप्रवीण श्री दीनबन्धु पोख्रेलद्वारा श्रीमद्भागवतको प्रवचन हुने छ ।

बोस्टन सप्ताह आयोजक मूल समितिका अनुसार सप्ताहमा श्रीमद्भागवत प्रवचन बाहेक कलश यात्रा तथा झाँकी प्रदर्शन, रुऽी पाठ, चण्डी पाठ, बौद्ध तथा किराँत धर्म शिक्षा, लामा पाठ, ब्रज्रयान गुरूजू पूजा, लाखबत्ती, मूर्ति प्राण प्रतिष्ठा र अखण्ड ध्यान (रिले मेडिटेशन)जस्ता बिशेष कार्यक्रमहरू समेत हुनेछ । यसले धार्मिक सहिष्णुता कायम हुने विश्वास लिइएको छ ।

त्यस्तै भक्तजनहरूको लागि तुला दान, दश दान, चौरासी पूजा, सामुहिक ब्रतबन्ध, ब्रत समापन, र गुन्यूचोलो जस्ता अनुष्ठान सेवाहरूको पनि व्यवस्था गरिएको छ । ब्रतबन्धको लागि आवश्यक सामग्री सप्ताहमै उपलब्ध गराइने छ भने गुन्यूचोलो चाँही सेवा लिन चाहने आफैंले ल्याउनुपर्ने आयोजक मुल समितिको भनाइ छ । सप्ताहको आधारिक वेभसाइटमा उल्लेखित कार्यतालिकानुसार अनुष्ठान सेवाहरू सप्ताहको अन्तिम दिन गरिने छ भने मूख्य भागवत प्रवचन वाहेकका कार्यक्रमहरू तोकिएको बिशेष समयमा मूख्य प्रवचनलाई असर नपर्ने गरि गरिने छ ।