Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

जनकपुरमा जानकी जन्मोत्सव मनाईंदै

Thursday, May 4, 2017 National Power

२१ बैशाख, जनकपुर – जनकपुरमा बिहीबार जानकी नवमी एवं जानकी जन्मोत्सव मनाईंदैछ । आदर्श नारी सीताको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार हरेक वर्ष जानकी नवमी मनाउँने गरिन्छ ।

जानकी नवमीको अवसरमा बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर लगायतका मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको भीड लागेको छ । यो भन्दा अगाडीका वर्षहरुमा औपचारिकतामा मात्र सीमित हुने जानकी नवमी यस वर्ष विभिन्न कार्यक्रम गरी धुमधामसँग मनाउन लागिएको हो । जानकी नवमीको अवसरमा जानकी मन्दिर नवदुल्ही जस्तै सजाईएको छ ।