Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

जनकपुरमा जानकी जन्मोत्सव मनाईंदै

Thursday, May 4, 2017 National Power

२१ बैशाख, जनकपुर – जनकपुरमा बिहीबार जानकी नवमी एवं जानकी जन्मोत्सव मनाईंदैछ । आदर्श नारी सीताको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार हरेक वर्ष जानकी नवमी मनाउँने गरिन्छ ।

जानकी नवमीको अवसरमा बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर लगायतका मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको भीड लागेको छ । यो भन्दा अगाडीका वर्षहरुमा औपचारिकतामा मात्र सीमित हुने जानकी नवमी यस वर्ष विभिन्न कार्यक्रम गरी धुमधामसँग मनाउन लागिएको हो । जानकी नवमीको अवसरमा जानकी मन्दिर नवदुल्ही जस्तै सजाईएको छ ।